काठमाडौं। चीनको राजधानी बेइजिङमा सबैभन्दा ठूलो अटो शो सुरु भएको छ। बिहीबार देखि सुरु भएको अटो शो मा चिनका घरेलु ठूला ब्राण्डहरुले आफ्ना नयाँ इलेक्ट्रिक गाडी देखाएका छन्। विश्वको सबैभन्दा ठूलो अटो बजारले पहिलेदेखि नै विद्युतीय गाडीहरुलाई प्राथमिकतामा राखेको छ। प्रदर्शनी कम्पनीले ११७ नयाँ गाडी सार्वजनिक गर्ने तयारी गरिरहेको छ, जसमा गत वर्षका ९३ गाडीसमेत समावेश हुनेछन्। यसरी, समग्रमा उक्त प्रदर्शन कम्पनीले २७८ नयाँ विद्युतीय गाडी प्रदर्शनमा रहेका रोयर्टसले उल्लेख गरेको छ।
चिनियाँ इभि कम्पनीको निर्माता निओका संस्थापक र सीईओ विलियम लीलेका अनुसार ‘बेइजिङ अटो शोमा, आइसीई इन्जिन गाडीहरुमा अब कुनै चासो छैन, भन्ने कुरामा कुनै शंका छैन।’ उनका अनुसार सबैजना बौद्धिकता र विद्युतीकरणमा नयाँ प्रविधिहरू खोजिरहेका छन्। चीनको विद्युतीय अटो ब्रान्ड बिवाइडीले उल्लेख्य उत्पादन गर्दा अर्को ब्रान्ड साओमी पनि यो भिडमा प्रवेश गरेको छ। यसले पनि अटो शोमा आकर्षण बढाउने देखिन्छ। शाओमीका सीईओ लेई जुनका अनुसार आफ्नो एसयूभी–७ का लागि ७५ हजार ७ सय २३ अर्डर आइसकेको छ। यसरी अर्डर गर्नेमा बिएमडब्लु र आउडी जस्ता कारका मालिकहरुसमेत रहेका छन्।
गएको वर्ष बिवाइडीले यान्गोहाङ र डेन्जा जस्ता स्थानमा आफ्नो गाडीको आक्रामक रुपमा ब्रान्डिङ गर्यो। यसले आफू कम लागतको अटोमेकर नभएको पुष्टि गर्न पनि भरपुर प्रयास गर्यो। यसका साथै, बिवाइडीले २०,६९९ अमेरिकी डलरदेखि २७,५९८ अमेरिकी डलरसम्मकोे स्पोर्टी रियर–व्हील–ड्राइभ ह्याचब्याक ल्याउने घोषणा गर्यो। मध्यम आकारको यो कार चीनको मध्यम वर्गलाई लक्षित हुनेछ। साथै, उत्तर अमेरिका र युरोपमा मुख्य आधार मानेर कम मूल्यमा बिक्री गर्नेछ।
विदेशी अटोमेकरहरूले आफ्नो चीनको रणनीतिलाई नयाँ बनाउने प्रयास गरिरहेका छन्। जापानको निसान मोटर र माज्दाले चिनियाँ ड्राइभरहरू सार्वजनिक गर्दै स्थानीय उत्पादन र अनुसन्धानमा थप लगानी गर्ने योजना बनाएका छन्।अमेरिकी अटोमेकर जनरल मोटर्सले पहिलो पटक आफ्नो शो लाइन–अपबाट परम्परागत इन्जिन सवारीसाधनहरू छोडेको छ। जर्मनीको मर्सिडीज बेन्जले सिमित नयाँ ईभीहरू देखाउँदा यसले विद्युतीकरण गर्न छोडेको हल्ला भइरहेको छ।
जुन उनका अनुसार २०२१ मा सञ्चालन गरिएको अटो सोमा उपस्थित भएको टेस्ला २०२४ को वेइजिङ अटो सो मा भने आफ्नो उपस्थिति जनाएन। एक ग्राहकले ब्रेकको र ह्यान्डलिङको बारेमा उनको विरोध गर्न प्रदर्शन गरिएको थियो। त्यसपछि टेस्ला अटो सो मा उपस्थित नभएको जुनको भनाइ छ। ग्रेटवाल मोटरका अध्यक्ष मु फेङका अनुसार, ‘चिनियाँ अटोमोटिभ उद्योगले विश्वव्यापीकरणको नयाँ युगमा प्रवेश गरेको र चिनियाँ घरेलु ब्रान्डहरूको बढ्दो शक्तिसँगै चिनियाँ सवारीसाधनहरू पनि विश्व मञ्चमा प्रवेश गर्ने नयाँ प्रवृत्ति बनेको छ।’ केही चिनियाँ ब्रान्डहरूले विदेशी योजनाहरू रेखांकित गरे, उद्योगको अधिक क्षमताको बारेमा युरोपेली र अमेरिकी चिन्ताहरू हटाउँदै र उनीहरू नवाचारको माध्यमबाट अझ राम्रो भएकोमा जोड दिए।