काठमाडौं । भूकम्पपछिको आवास पुनर्निमाणले २५ करोड ५० लाख दिनको रोजगारी सिर्जना गरेको एक अध्ययनले देखाएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पपछि नेपाली अर्थतन्त्रमा परेको प्रभावका विषयमा केन्द्रीय तथ्यांक विभाग र विश्व वैंकबाट चरणबद्ध प्राप्त भएका तथ्यांकका आधारमा गरिएको अध्ययनबाट नेपालमा आवास पुनर्निमाणले मात्रै उक्त दिन बराबरको रोजगारी सिर्जना गरेको जनाएको हो । अध्ययनले ५ लाख ५० हजार मानिस आवास पुननिर्माणमा काम गरिरहेको देखाएको छ ।
त्यस्तै, यो संख्या आर्थिक बर्ष २०७६/०७७ मा १४ लाख २० हजार मानिसले रोजगारी प्राप्त गरे बराबरको रहेकमो अध्ययनको निष्कर्ष छ ।
श्रम शक्ति सर्वेक्षण २०७४/०७५ मा प्रत्येक ७ जना मध्ये एकजना र प्रत्येक ५ जना पुरुषमध्ये एकजना पुननिर्माण कार्यमा संलग्न भएका छन् ।
गत २०७२ बैशाख १२ गते ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट नेपालमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाउनुपरेको थियो । त्यस्तै, २२ हजार ३ सय घाइते, ८ लाख १७ हजार घर भत्किएर झन्डै ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अध्ययनको निष्कर्ष छ ।
कुल ३१ जिल्लामा भूकम्पले क्षति पु¥याएको थियो । भूकम्पले नेपाली अर्थतन्त्रलाइृ नराम्रोसँग प्रभावित पारेको छ । अध्ययनका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा कुल गार्हस्थ उत्पादनको वृद्धिदर २.९७ प्रतिशतमा सिमित रहन गयो । त्यस्तै, आव २०७२÷२०७३ मा वृद्धिदर ऐतिहासिक न्युन ०.२० प्रतिशत थियो ।
भूकम्पले ७६ प्रतिशत निजी क्षेत्रको सम्पति नोक्सान भएको छ । बुधबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले राष्ट्रिय पुनर्निमाण प्राधिकरणको सहकार्य र नेशनल डेमोक्रेटिक इष्टिच्युट फर इन्टरनेशनलको सहयोगमा सो अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा अर्थशास्त्री डा. निर्मलकुमार रावतले अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै, कार्यक्रममा पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीइओ) शुशिल ज्ञवालीले अध्ययनले भूकम्पपछिको पुनर्निमाणले नेपालमो अर्थतन्त्रमा पु¥याएको योगदानको महत्वबारे दर्शाएका थिए ।