नेपाल र भारतबीचको विशेष एवं ऐतिहासिक सम्बन्धलाई दुई देशबीचको पारस्परिक आर्थिक–सामाजिक, सांस्कृतिक–पौराणिक तथा भाषिकलगायतका बहुपक्षीय आयामले झल्काउने गरेको छ। दुई देशबीचको निर्वाध आवागमन सुविधाले व्यापार, लगानी, ऊर्जा, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रको विकासमा बृहत् सम्भावनाको ढोका खोलेको छ।
दुई देशबीचको प्रगाढ सम्बन्धले विश्वकै सबैभन्दा ठूलोमध्येको एक आयुर्वेदिक कम्पनी, डाबर इन्डिया लिमिटेडले सन् १९८९ मा नेपालमा डाबरको सहायक कम्पनी स्थापना गरेर १९९२ बाट कारोबार÷व्यापार थालनी गर्न सफल भयो।
डाबर नेपालले राष्ट्रिय कम्पनीको रुपमा विशिष्ट स्थान हासिल मात्र गरेको छैन, सबैभन्दा ठूलो निर्यातकर्ता र सरकारी ढुकुटीमा महत्त्वपूर्ण योगदान गर्ने कम्पनीसमेत बन्न पुगेको छ।नेपालको औद्योगिक क्षेत्रमा विविध योगदान पु-याएबापत कम्पनीले अनेकौं सम्मान तथा प्रशंसा बटुलिसकेको छ।
बितेका तीन दशकमा डाबर नेपालले प्राकृतिक, हर्बल तथा आयुर्वेदिक स्वास्थ्य स्याहारका वस्तुको श्रेणीमा आफूलाई विश्वासिलो उत्पादकको रुपमा चिनाउन मात्रै सफल भएन,आमनेपालीको पहिलो रोजाइमा पर्नसमेत सफल भयो। ‘हरेक घरपरिवारको सुस्वास्थ्य र भलाइमा समर्पित’ लक्ष्यका साथ डाबर नेपालले विभिन्न समूहअन्तर्गत आफ्नो उत्पादनको पोर्टफोलियोलाई थप बृहत् एवं विविध बनाउँदै लगेको छ।
डाबर नेपालले राष्ट्रिय कम्पनीको रुपमा विशिष्ट स्थान हासिल मात्र गरेको छैन, सबैभन्दा ठूलो निर्यातकर्ता र सरकारी ढुकुटीमा महत्त्वपूर्ण योगदान गर्ने कम्पनीसमेत बन्न पुगेको छ।नेपालको औद्योगिक क्षेत्रमा विविध योगदान पु-याएबापत कम्पनीले अनेकौं सम्मान तथा प्रशंसा बटुलिसकेको छ।
सन् १९९६ को नेपाल–भारत व्यापार सन्धि अन्तरदेशीय व्यापार प्रवद्र्धनमा महत्त्वपूर्ण कोसेढुंगा बनेको छ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई), भारतीय उद्योग परिसंघ (सिआईआई) र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसिसिआई)लगायतको संयुक्त प्रयास तथा पहलकदमीको परिणामस्वरुप नेपाली उत्पादनले भारतीय बजार प्रवेशमा भन्सार छुटको लाभ प्राप्त गरे भने ऐतिहासिक सम्झौताले भारतीय लगानीकर्तामा नयाँ आशा एवं उत्साह सञ्चार गरायो।
त्यसको परिणाम भारतीय लगानीकर्ताले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन थालेका कारण नेपालको औद्योगिकीकरणमा थप बल पुग्यो। नेपालको उत्पादनमूलक, वित्तीय, बिमा, पेय पदार्थ, पेन्टस्, शृंगार, पारवहन तथा बन्दोबस्ती, शिक्षा, सेवा तथा अन्य विविध क्षेत्रमा भारतीय संयुक्त पुँजीका कम्पनीले लगानी गर्न थाले। भारतीय लगानीका कम्पनीमध्ये डाबर नेपाल अग्रणी स्थानमा रहँदै आएको छ।
व्यावसायिक हिसाबले भन्दा नेपालमा लगानीका अपार सम्भावना र अवसर छन्। म यस लेखमार्फत विशेषगरी नेपालको उत्पादनमूलक क्षेत्र र फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) उद्योगबारेको दृष्टिकोण र डाबर नेपालको आफ्नो अनुभवबारे उल्लेख गर्न चाहन्छु।
भारतीय लगानीका कम्पनीले नेपालको राज्यकोषमा महत्त्वपूर्ण योगदान गर्नुका साथै रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र समग्र राष्ट्रिय अर्थतन्त्रको विकासमा अहं भूमिका खेलेका छन्। नेपालको आर्थिक विकासलाई गति दिन र आमनेपालीको जीवनस्तर उकास्न आवश्यक प्रत्यक्ष वैदेशिक लगानीलाई आकर्षित गरेर त्यसको संरक्षण गरी निरन्तर टिकाइराख्नु जरुरी छ।
व्यावसायिक हिसाबले भन्दा नेपालमा लगानीका अपार सम्भावना र अवसर छन्। म यस लेखमार्फत विशेषगरी नेपालको उत्पादनमूलक क्षेत्र र फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) उद्योगबारेको दृष्टिकोण र डाबर नेपालको आफ्नो अनुभवबारे उल्लेख गर्न चाहन्छु।
विशेषगरी आफ्नै उत्पादनको आधार सिर्जना गरेर एफएमसिजी व्यापारमा संलग्न भएकालाई नेपालमा आकर्षक प्रतिफल र उचित वृद्धिसहितको अपार लाभको अवसर देखिन्छ।
जनसांख्यिक दृष्टिकोणबाट हेर्दा तुलनात्मक रुपमा युवा जनसंख्याको बाहुल्य, श्रमबजारमा महिलाको बढ्दो आकर्षण, उच्च आकांक्षा बोकेका उपभोक्तासहितको सहरीकरणको विस्तार, बढ्दो इन्टरनेटको उपलब्धता तथा सामाजिक सन्जालमा जनसंख्याको ठूलो हिस्साको पहुँचलगायतले नेपालको अवसरलाई असीमित बनाएको छ।
अझ आधुनिक व्यापार, विद्युतीय व्यापार आदि नवीन अवधारणा आगमनले नेपालका नागरिकलाई गुणस्तरीय ब्रान्ड तथा उत्पादनबारे जागरुक बनाउनुका साथै समग्र उपभोक्तावादको संस्कृतिलाई बल प्रदान गरेको छ।
माथि उल्लिखित तथ्य एवं प्रवृत्तिलाई मनन गर्ने हो भने पनि यसले एफएमसिजी उत्पादनको मागलाई बढोत्तरी गरी उत्पादक कम्पनीको उज्यालो भविष्यलाई इंगित गर्दछ।
दिगो एवं स्थायी अवधिसम्म व्यावसायिक लाभ हासिल गर्न परम्परागत व्यापारको बाटो नअपनाई उत्पादनमा आधारित व्यवसायको मोडलमा जानुपर्ने देखिन्छ।
सडक सन्जालको विस्तारले एफएमसिजी ब्रान्ड तथा उत्पादनलाई नयाँ र आकर्षक बजारसँग जोड्न तथा देशैभरि फैलाउन सक्षम बनाउने निश्चित छ। अझ परम्परागत आमसञ्चारको तुलनामा सस्तो एवं किफायती डिजिटल मार्केटिङको उदयले एफएमसिजी ब्रान्ड तथा उत्पादनका मागको सिर्जनामा कायम अवरोधमा कमी ल्याएको छ।
तसर्थ, नेपालमा व्यवसाय गर्न आकर्षक वातावरण सिर्जना भएको छ। तथापि, दिगो एवं स्थायी अवधिसम्म व्यावसायिक लाभ हासिल गर्न परम्परागत व्यापारको बाटो नअपनाई उत्पादनमा आधारित व्यवसायको मोडलमा जानुपर्ने देखिन्छ।
अर्कोतर्फ, विश्वस्तरीय वस्तु उत्पादनका लागि एफडिआईको आवश्यकता टड्कारो छ। त्यसैले विश्वभरि आफ्नो व्यावसायिक सन्जाल थप्ने उद्देश्य बोकेका भारतीय कम्पनीका लागि नेपाल दीर्घकालसम्म उत्कृष्ट गन्तव्य तथा बजार हुन सक्छ। तसर्थ, उनीहरुले नेपाललाई सकारात्मक दृष्टिकोणले हेर्न जरुरी छ। त्यसो त, नेपाललाई आफ्नो उत्पादनका लागि आन्तरिक बजारका रुपमा मात्र नहेरी बृहत् भारतीय बजारका निम्ति निर्यातमुखी उत्पादक राष्ट्रको दृष्टिकोणले पनि हेर्न सकिन्छ। ठूला लगानीसहित नेपाल भित्रिन चाहने भारतीय कम्पनीको हकमा त यो विषय झनै लागू हुने देखिन्छ।
सुरुआती चरणमा लगानी भित्र्याएर विभिन्न उद्योग क्षेत्रमा उत्पादनको आधार विकास गरेका अधिकांश भारतीय कम्पनीले अधिक सफलता हासिल गरेको तथ्य जगजाहेर छ। उनीहरुले समर्पित उपभोक्ताको बलियो आधार तयार गरी लगानीमा आकर्षक प्रतिफल हासिल गरेको मात्र नभई आफू संलग्न उद्योग क्षेत्रको अगुवाइसमेत गरिरहेका छन्। सूर्य नेपाल, डाबर नेपाल, युनिलिभर नेपाल, एसियन पेन्टस् नेपाल, बर्जर नेपाल, केएनपी पेन्टस्लगायत केही त्यस्ता सफल भारतीय बहुराष्ट्रिय कम्पनी हुन्।
रोजगारी सिर्जना, प्रविधि र नवप्रवर्तनमा लगानी, पूरक वा सहायक उद्योगको स्थापना, विदेशी मुद्रा आर्जन, सरकारी कोषमा जम्मा हुने राजस्वका अतिरिक्त समग्र राष्ट्रिय औद्योगिकीकरणको विकासलगायतमा उत्पादनमूलक उद्योगको विशिष्ट योगदान रहँदै आएको छ र रहिरहन्छ।
त्यसकारण यदि कोही भारतीय उत्पादक नेपालमा लगानी गर्न चाहन्छन् भने उनीहरु तत्कालै आउन जरुरी छ किनकि नेपाली बजार अहिलेसम्म ‘स्याचुरेटेड’ भइसकेको छैन। व्यावसायिक वृद्धिका लागि अझै ठूलो स्थान छ। नेपाल सरकारले उत्पादनमूलक वस्तु प्रवद्र्धनका लागि ल्याएको ‘मेक इन नेपाल’ अभियानले परम्परागत व्यापारलाई ओझेल पारेको छ।
सोही कारण परम्परागत आयात÷निर्यात व्यापारमा लागेका व्यवसायीलाई दीर्घकालसम्म नाफा हासिल गरिरहन उत्पादनमा आधारित उद्योगको स्थापना एक मात्र विकल्प हो। त्यसका लागि एफडिआई आकर्षित गर्नु अपरिहार्य छ। रोजगारी सिर्जना, प्रविधि र नवप्रवर्तनमा लगानी, पूरक वा सहायक उद्योगको स्थापना, विदेशी मुद्रा आर्जन, सरकारी कोषमा जम्मा हुने राजस्वका अतिरिक्त समग्र राष्ट्रिय औद्योगिकीकरणको विकासलगायतमा उत्पादनमूलक उद्योगको विशिष्ट योगदान रहँदै आएको छ र रहिरहन्छ।
विशेषगरी नेपालको औद्योगिक सम्बन्धको क्षेत्रमा महत्त्वपूर्ण सुधार भइरहेको छ। सैनिक पृष्ठभूमिको ट्रेड युनियन प्रथा हाल आएर सुदृढ रोजगारदाता–कर्मचारी सम्बन्धमा विकसित भएको छ र यसले उद्योगभित्रको काम गर्ने वातावरणलाई मजबुत बनाएर लगेको छ।
यद्यपि पछिल्लो समय समग्र दक्षिण एसिया क्षेत्रको व्यावसायिक वातावरणमा अनेकांै चुनौती देखापरिरहँदा नेपाल पनि त्यो समस्याबाट अछुत छैन। यसो भनिरहँदा नेपालमा व्यापार गर्ने वातावरणमा क्रमिक रुपमा सुधार आइरहेको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन। विशेषगरी नेपालको औद्योगिक सम्बन्धको क्षेत्रमा महत्त्वपूर्ण सुधार भइरहेको छ। सैनिक पृष्ठभूमिको ट्रेड युनियन प्रथा हाल आएर सुदृढ रोजगारदाता–कर्मचारी सम्बन्धमा विकसित भएको छ र यसले उद्योगभित्रको काम गर्ने वातावरणलाई मजबुत बनाएर लगेको छ।
औद्योगिक लकडाउन, नेपाल बन्द एवं जुलुस, हड्तालजस्ता गतिविधि एकादेशका कथाझैं भइसकेका छन्। त्यसैगरी विगतको विद्युत् कटौती एवं ऊर्जा संकटले उद्योगलाई डिजेल जेनेरेटरजस्ता वैकल्पिक स्रोत अवलम्बन गर्न बाध्य हुँदा सञ्चालन खर्च अधिक हुने गरेको थियो।
तर, अहिले धेरै हदसम्म यो समस्या सुल्झिसकेको छ। त्यसैगरी अन्य देशको तुलनामा नेपालको औद्योगिक कानुन व्यापारको वास्तविकतालाई प्रतिविम्बित एवं सम्बोधन गर्ने खाले व्यावहारिक रुपको छ। नेपाल सरकार र कर्मचारीतन्त्र सहजै पहुँचयोग्य र व्यवसायीका समस्यालाई सुन्ने, तार्किक एवं वास्तविक समस्याको समाधानमा तत्कालै काम गर्ने खाले छ।
विभिन्न प्रदेशमा विशेष आर्थिक क्षेत्रको स्थापनाले नेपालमा लगानी गर्ने कामलाई थप औचित्यपूर्ण बनाएको छ भने लगानी बोर्ड नेपालजस्तो सरकारी स्तरमा खुलेको संस्थाले सम्भाव्य एफडिआईलाई सहजीकरणमा मद्दत गरेको छ। तथापि, नेपालको व्यापार गर्ने वातावरण सम्पूर्ण रुपले रंगीन छ भन्ने मेरो दाबी पटक्कै होइन। नेपालका विविध चुनौतीमध्ये राजनीतिक तथा आर्थिक अस्थिरता र नीतिगत तहमा लगातार आउने समस्या सबैभन्दा ठूलोेमध्ये एक हो। नीतिगत तहमा हुने बारम्बारको परिवर्तनले नेपालमा व्यवसाय सञ्चालन गर्न र दीर्घकालीन अवधिको नयाँ लगानी योजना गर्न अप्ठेरो हुन्छ।
त्यसो त, हामी बाँचिरहेको र काम गरिरहेको संसार अस्पष्ट, अनिश्चित, अस्थिर एवं कठिन भए पनि प्रायजसो व्यवसायले लगानीमा केही मात्राको निश्चितता एवं पूर्वानुमानताको अपेक्षा राख्छन्। यहाँका व्यवसाय र विशेषगरी भारतीय व्यवसायले नेपालमा विभिन्न समस्या सामना गरिरहेका छन्, जसलाई समाधानको उपायसहित तल उल्लेख गर्न गइरहेको छु।
यसले वस्तुको उत्पादनलाई प्रभावित गर्ने मात्र नभई सम्भाव्य क्रेतालाई नेपालबाट बाहिरतर्फ हुने आपूर्ति–चक्र भरपर्दो नभएको सन्देश दिन्छ। तसर्थ, उनीहरु वैकल्पिक आपूर्ति उपायलाई अवलम्बन गर्न थाल्छन्।
पहिलो, नेपालको बौद्धिक सम्पत्तिको अधिकारलाई सुदृढ गरी तत्कालै प्रभावकारी कार्यान्वयनमा ल्याउन जरुरी छ। ठूला बहुराष्ट्रिय कम्पनीको ‘ट्रेडमार्क’, ‘पेटेन्ट’ अधिकारलगायतको संरक्षण अत्यावश्यक छ। पहिले नै कतिपय चर्चित तथा सम्भाव्य एफडिआईमा आधारित व्यापारको ब्रान्ड तथा ट्रेडमार्क स्थानीय नेपाली कम्पनीद्वारा दर्ता भइसकेका कारण त्यस्ता व्यवसायलाई नेपाल भित्रिने ढोका बन्द भएको छ।
दोस्रो, औद्योगिक प्रयोग तथा निर्यात प्रयोजनका लागि कतिपय कच्चा पदार्थ आयातमा लगाइएको बन्देजलाई खुला गरिनुपर्छ। त्यस्ता प्रतिबन्धले विभिन्न अवस्थामा आपूर्ति तथा मूल्य–चक्रमा खलल पु¥याई व्यापारको निरन्तरतामा चुनौती सिर्जना गर्दछ। यसले वस्तुको उत्पादनलाई प्रभावित गर्ने मात्र नभई सम्भाव्य क्रेतालाई नेपालबाट बाहिरतर्फ हुने आपूर्ति–चक्र भरपर्दो नभएको सन्देश दिन्छ। तसर्थ, उनीहरु वैकल्पिक आपूर्ति उपायलाई अवलम्बन गर्न थाल्छन्।
तेस्रो, बिक्रेता (भेन्डर) विशेषगरी बाहिरी बिक्रेताको भुक्तानीलाई सहज गराइनुपर्छ। हालको भुक्तानी प्रक्रिया झन्झटिलो तथा समय लाग्ने खाले छ। यसबाट अन्तर्राष्ट्रिय बिक्रेतालाई लामो समयसम्म आबद्ध गराउन समस्या हुने भएकाले तत्कालै सम्बोधन गर्नुपर्ने देखिन्छ।
चौथो, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिट्टा) ले करार उत्पादन (कन्ट्र्याक्ट मेनुफेक्चरिङ)मा बन्देज लगाएको छ। यस्तो बन्देजकारी प्रावधानले विदेशी कम्पनीलाई नयाँ उत्पादन तथा प्रविधिलाई नेपालमा चिनाउन र व्यापारको सहायक पर्यावरण (एन्सिलरी इकोसिस्टम)को विकासलाई रोकेको छ। यदि कम्पनीहरु आफैंले मूल उत्पादन र त्यसलाई आवश्यक सबै सहायक उत्पादनमा हात हाल्नुपरे उनीहरुको पुँजी लगानी तथा व्यापारको जोखिम दुवै दोब्बर हुन्छ। तसर्थ, एन्सिलरी इकोसिस्टमलाई प्रोत्साहन दिन र देशमा औद्योगिक आधार वृद्धि गर्न फिट्टामा उल्लिखित बन्देजकारी प्रावधानलाई हटाउन आवश्यक छ।
अन्त्यमा, नेपालको समग्र पूर्वाधारको समस्या विकराल छ र यसले व्यापार गर्ने खर्चलाई बढाउने निश्चित छ। भौतिक पूर्वाधारका अतिरिक्त नेपालकै स्थानीय कच्चा पदार्थ एवं प्याकेजिङ सामग्रीको उपलब्धता र पहुँच अर्को ठूलो समस्या छ। सोही कारण यी वस्तु हासिल गर्न आयातमा निर्भर हुनुपरेको छ।
आकर्षक रोजगारी अवसरका लागि देशबाट युवाको ठूलो जमात बाहिरिँदा आवश्यक दक्ष एवं प्राविधिक जनशक्ति कमीले ठूलो चुनौती खडा गरेको छ।
विशेषगरी मार्केटिङ प्रयोजनमा निर्णय बनाउन एफएमसिजी कम्पनीहरुलाई तथ्यांकको ठूलो आवश्यकता रहन्छ। यसको अभावले संस्थागत निर्णय निर्माणमा अवरोध पैदा गर्दछ। थोक मापन सर्वेक्षण (रिटेल मेजरमेन्ट सर्भे), आमसञ्चार उपभोगसम्बन्धी तथ्यांक र घरपरिवारसम्बन्धी तथ्यांक अभावले मार्केटिङसम्बन्धी प्रभावकारी निर्णय लिन कठिन गराएको छ।
आकर्षक रोजगारी अवसरका लागि देशबाट युवाको ठूलो जमात बाहिरिँदा आवश्यक दक्ष एवं प्राविधिक जनशक्ति कमीले ठूलो चुनौती खडा गरेको छ। जम्माजम्मी ३ करोड जनसंख्याको साना बजारको आकारले कतिपय अवस्थामा उत्पादनमूलक उद्योगको सम्भाव्यता एवं व्यावहारिकतामाथि प्रश्न उठाएको अवस्था छ।
तथापि, डाबर नेपालले आफ्नो उत्पादनलाई विस्तार तथा विविधीकरण गर्न थप ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी थप्ने प्रस्तावलाई लगानी बोर्डले स्वीकृत गरेको अवस्थामा हामी झन् आक्रामक रुपमा काम गर्न गइरहेका छौं। यसैगरी माथि उल्लिखित अन्य भारतीय संयुक्त लगानीका कम्पनीले पनि ताजा र आवधिक पुनर्लगानीमार्फत आफ्ना क्षमतालाई वृद्धि गरिरहेको सन्दर्भमा नेपालमा उनीहरुको वृद्धि र स्थायित्वलाई सुनिश्चित गराएको छ।