काठमाडौं। सामाजिक सञ्जाल टिकटक माथि युरोपियन युनियनका नियामकहरुले जरिवानाको चेतावनी दिएका छन्। टिकटक एपले पारेको र सम्भावित लतको विषय उल्लेख गर्दै ईयुले टिकटक लाइटलाई लिएर जरिवानाको चेतावनी दिएको हो। टिकटकको लाइट भर्सन सुस्त वायर नेटवर्कहरुमासमेत अझ सहज रुपमा काम गर्ने किसिमको छ। यसैले नियामकले यसमाथि प्रश्न उठाएका हुन्।
यसैबीच, हालैमात्र अमेरिकी सिनेटले चिनियाँ इन्टरनेट कम्पनी टिकटकका मालिक बाइटडान्सलाई टिकटक बेच्न वा प्रतिबन्ध लगाउन आदेश दिने किसिमको विधेयक पारित गरेको छ। यसअनुसार बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएइएको छ। यसले टिकटकमा थप नियामकीय चुनौती थपिएका छन्। विशेषगरी टिकटक कम्पनी चीनसँगको सम्बन्ध, डाटा संकलन अभ्यास र बालबालिकामा हुने सम्भावित हानिकारक प्रभावहरूको विषयलाई लिएर ठुलो दबाबमा छ।
अमेरिकी सिनेटले पारित गरेको उक्त विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ र राष्ट्रपतिले हस्ताक्षर गरेपछि कार्यान्वयन हुनेछ। तर, युरोपका कतिपय अधिकारीहरुले भने अमेरिकाले टिकटक प्रयोगकर्ताहरूलाई भिडियोहरू हेर्न, सामग्री मन पराउन र निश्चित सिर्जनात्मकतालाई पछ्याउन तथा विशेष कार्ड र पुरस्कार जित्न पाउने सुविधामा कानुनी रोक लगाउनु अघि आवश्यक जोखिम मूल्यांकन नगरेको बताइरहेका छन्।
कतिपयले भने टिकटक एपमा बढी समय बिताउनेलाई आर्थिक प्रोत्साहन प्रदान गर्दा विशेषगरी बच्चाहरुमा लत बस्ने र मानसिक स्वास्थ्यमा जोखिम सिर्जना हुने विषय पनि उठाइरहेका छन्। अधिकारीहरूले नियामकहरूले गत हप्ता अनुरोध पठाएपछि पनि टिकटकले पुरस्कार सुविधाहरू प्रस्तुत गर्नु अघि आवश्यक जानकारी पेस नगरेको बताएका छन्। त्यसैले टिकटकले प्रयोगकतालाई दिइरहेको सेवाबाट पछि हट्न ईयुले बाध्य पार्ने विषय पनि आइरहेको छ।
टिकटकले आफ्नो लाइट एप फ्रान्स र स्पेनमा मात्र परीक्षण सुरु गरेको छ। यसको पहुँच वयस्कहरूलाई मात्र उपलब्ध भएको र उमेर प्रमाणिकरण गरिएको तथा प्रयोगकर्ताको फोटो आईडी वा क्रेडिट कार्डको साथमासेल्फी पेस गरेपछि मात्रै स्वीकृति दिइरहेको टिकटकले उल्लेख गरेको छ। यसमा भिडियो सामग्री हेर्न तथा सम्बन्धित कार्यका लागि एक दिनमा एक घण्टामो सीमा तोकिएको छ।
‘टिकटका विषयमा गरिएको पछिल्लो निर्णयहरुले हामी निरास छौं,’ टिकटकले एक विज्ञप्तिमा भनेको छ, ‘तर, हामी नियामकसँग छलफल जारी राख्नेछौं।’ टिकटकलाई आफ्नो जोखिम मूल्यांकन प्रतिवेदन पेस गर्न युरोपेली आयोगले मे ३ सम्मको समय सीमा दिएको छ। सो अनुसार टिकटकले आयोगको कार्यकारी शाखामा प्रतिवेदन बुझाउनुपर्नेछ। यदि नबुझाएको खण्डमा भने नियामकहरूले टिकटक कम्पनीको वार्षिक राजस्वको १ प्रतिशतसम्म जरिवाना लगाउन सक्नेछ।
साथै, टिकटकको औसत दैनिक राजस्वको ५ प्रतिशतसम्मको अतिरिक्त ‘आवधिक जरिवाना’ लगाउन सक्नेछ। पछिल्लो समय अमेरिकाले टिकटकमार्फत् चीनले लाखौं डेटा हात पार्ने आशंका गर्दै यस एपमाथि नियन्त्रणको प्रयास गरिरहेको छ। अमेरिकाले प्रतिबन्ध लगाउने विषय बाहिरिएपछि टिकटकले १७ करोड अमेरिकीको अभिव्यक्ति स्वतन्त्रमाथि धावा बोल्खे र ७० लाख जनाको रोजगारी ध्वस्त पार्ने काम भएको प्रतिक्रिया दिएको थियो। उसले टिकटकले अमेरिकी अर्थतन्त्रमा बर्सेनि २४ अर्ब डलर योगदान पु¥याइरहेको विषय पनि उल्लेख गरेको थियो।
नेपाल सरकारले पनि सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको टिकटक बन्द गर्ने निर्णय गसअघि नै गरिसकेको छ। यूकेमा सुरक्षाको कारण देखाउँदै संसद्ले टिकटक एपलाई प्रतिबन्ध लगाएको छ। समाचारसंस्था एपीले प्रकाशन गरेको पछिल्लो विवरणअनुसार अफगानिस्तान, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, ईयू, फ्रान्स, भारत, लाट्भिया, द नेदरल्यान्ड्स, न्यूजील्यान्ड, नर्वे, पाकिस्तान, ताइवान, यूके र अमेरिकामा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाइएको छ।