काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सनसहितका ३४ कम्पनीलाई कालोसूचीमा समावेश गरेको छ।
कार्यालयले आज सूचना जारी गर्दै कालोसूचीमा परेका ३४ कम्पनीको नामावली सार्वजनिक गरेको हो। कार्यालयले कालोसूचीमा राखिएका कम्पनीबाट काम नगर्न र नगराउन सरकार मातहतका निकायलाई निर्देशन दिएको छ।
कार्यालयले पप्पुलाई साढे २ वर्ष, प्रेम निर्माण सेवा, सप्तकोसी जलाधार निर्माण कम्पनी, ओम साई एन्ड कम्पनी, युनिभर्सल कन्स्ट्रक्सन एन्ड वाटर ट्रिटमेन्ट, कोसी एन्ड न्यौपाने, ओम साई कन्स्ट्रक्सन, ए वान खप्तड कन्स्ट्रक्सन एन्ड अर्डर सप्लायर्सलाई कालोसूचीमा राखेको छ।
यस्तै, चण्डी निर्माण सेवा, सिद्धबाबा कन्स्ट्रक्सन, महेश इन्जिनियरिङ, नवीन कन्स्ट्रक्सन, भाव्या कन्स्ट्रक्सन, प्रेम निर्माण सेवा, अमन कन्स्ट्रक्सन, साहनी बिल्डर्स र मामाभाञ्जा निर्माण सेवा कालोसूचीमा परेका छन्।
सूचनाअनुसार कर्मभूमि कन्स्ट्रक्सन, सुस्मन कन्स्ट्रक्सन, रोशिस कन्स्ट्रक्सन, अर्घा भगवती कन्स्ट्रक्सन, पौराई बाबा कन्स्ट्रक्सन, मुस्कान कन्स्ट्रक्सन, जीएस एन्ड एसएस कन्स्ट्रक्सन कम्पनी पनि कालोसूचीमा परेका छन्।
उमंग ट्रेडर्स, पशुपति कन्स्ट्रक्सन, कार्चेन कन्स्ट्रक्सन, स्नेहा निर्माण सेवा र खड्कादेवी कन्स्ट्रक्सनलाई पनि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।