काठमाडौं। नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सिईओ)का लागि १६ जनाको नाम सर्टलिष्टमा परेको छ। कार्यकारी प्रमुख छनौट उपसमितिले शुक्रबार १६ जनाको नाम सर्टलिष्ट गरेको हो।
सर्टलिष्टमा परेकाहरुमा ठाकुर प्रसाद देवकोटा, हिकमत सिंह ऐर, विजय नेपाल, राजा राम गिरी, ज्ञानिन राई, नवीन पोखरेल, ज्ञानेश्वर प्रसाद सिंह महतो, श्रद्धा श्रेष्ठ, सूर्य बहादुर घिमिरे, सन्तोष विक्रम थापा, दीपक राज जोशी, दिपक बस्ताकोटी, धनन्जय रेग्मी, लक्ष्मण गौतम र राम चन्द्र सेढाई रहेका छन्। यी मध्ये जोशी र रेग्मी बोर्डका पूर्व कार्यकारी प्रमुख हुन्।
सर्टलिष्टमा परेकाहरुलाई बैशाख १० गते सोमबार पर्यटन बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ९ बजेदेखि समस्या समधानमूलक विषयमा प्रस्तुतीकरण हुने छ।
त्यहा प्रस्तुत हुने विषयको आधारमा तीन जनाको नाम छनौट हुने छ। र ती मध्ये एक जनालाई बोर्ड सञ्चालक समितिले कार्यकारी प्रमुख छनौट गर्ने छ।