काठमाडौं। इजरायल र इरानबीचको बेमेलको स्थितिले पुनः एकपटक विश्व बजारमा तेलको मूल्यबारे चर्चा चुलिएको छ।
एकातर्फ रुस र युक्रेनबीच लामो समयदेखि युद्ध चलिरहेको स्थिति अन्त्य नहुँदै इजरायल र इरानबीच सिर्जित थप तनावपूर्ण वातावरणले तेलको मूल्य आकासिने विश्लेषण भइरहेको छ। यद्यपि, गएको एक साताको तथ्यांक हेर्दा इजरायलमाथि इरानले आक्रमण गर्दा पनि तेलको मूल्यमा ठूलो वृद्धि भने देखिएको छैन।
विशेषगरी इरानले आफ्नो भूमिबाट इजरायलमाथि पहिलो पटक सोझै आक्रमण गरेपछि लडाईं चर्किन सक्ने र तेलको मूल्य वृद्धि हुनसक्ने अनुमान भइरहेको छ। इरानको आक्रमणविरुद्ध इजरायल हालसम्म मौन रहे पनि प्रतिशोधको सम्भावना र अनिश्चितता भने कायम नै छ।
यसअघि कोभिड १९ नियन्त्रण गर्ने भन्दै विश्वमा गरिएको लकडाउनका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३९ डलर प्रतिब्यारेलसम्म पुगको थियो।
आगामी दिनमा यसले तेल बजारलाई कति धक्का पुर्याउँछ भन्ने विषय पनि यसैसँग जोडिएको छ। दुई पक्षबीचको द्वन्द्वको स्थितिले विशेषगरी मध्यपूर्वमा अनिश्चितताको सम्भावना बढाएको छ भने जोखिम पनि उतिकै देखाएको छ।
इजरायल र इरानलाई विश्वको महत्त्वपूर्ण तेल चेकपोइन्टको रुपमा लिइन्छ। विश्वको दैनिक उपभोगको पाँचौं प्रमुख निर्यातकर्ताको रुपमा रहेको इरानको स्ट्रेट अफ हर्मुज हुँदै २१ मिलियन ब्यारेल तेल विश्वभर ढुवानी हुने गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्लो तनावको स्थितिले तेल आपूर्तिमा प्रत्यक्ष खतराहरु सिर्जना गरेको छ। यदि, यो विवाद चर्किंदै गएमा तेल आपूर्तिको समस्या र त्यसको प्रभाव विश्वले नै बेहोर्नुपर्ने छ।
‘हाल तेलमा भइरहेको मूल्य वृद्धिको प्रमुख कारण इरान र इजरायलबीचको प्रत्यक्ष द्वन्द्व हो। यसले आगामी वृद्धिको सम्भावनालाई पनि कायम राखेको छ। यही अवस्था रहेमा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर माथि पुग्न सक्छ’ अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लूमबर्गसँग सिटी समूहले भनेको छ। यस्तै, इरानले स्ट्रेट अफ हर्मुजको ट्यांकरमा बाधा पु¥याउने प्रयास गरिरहेकाले तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलरसम्म पुग्ने लिपो आयल एसोसिएट्सले उल्लेख गरेको छ।
‘इरानको तेल उत्पादन वा निर्यातमा इजरायलको कुनै पनि आक्रमणले कच्चा तेलको मूल्य १०० अमेरिकी डलरसम्म पुर्याउनसक्छ र स्ट्रेट अफ हर्मुजमा हुने बन्दले तेलको मूल्य प्रतिब्यारेल १२० अमेरिकी डलरदेखि १३० अमेरिकी डलरसम्म पुर्याउनसक्छ’ लिपो आयल एसोसिएट्सका अध्यक्ष एन्डी लिपोले भनेका छन्। उनका अनुसार यही अवस्था रहेमा अमेरिकाले तेलको भाउ प्रतिब्यारेल १ सय ४० डलरमा पु¥याउन सक्ने सम्भावना पनि छ।
इजरायलले इरानको आक्रमणप्रति आफ्नो प्रतिक्रिया कसरी जनाउने भन्ने विषयमा सोचिरहेको समयमा ग्रुप अफ सेभेन (जी–सेभेन)ले भने संयमता अपनाउन आग्रह गरेको छ। अमेरिकाले भने इरानविरुद्ध इजरायल आक्रमणको कुनै पनि हिस्सा नहुने संकेत देखाइसकेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायलको रक्षा गर्ने आश्वासन दिइसकेका छन्।
दुई वर्ष अघि सन् २०२२ जुनमा नेपालमा पेट्रोलको मूल्य १९९ रुपैयाँ प्रतिलिटिर तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ प्रतिलिटरसम्म पनि पुगेको थियो।
‘इजरायलका सहयोगीहरुले इरानले गरेको आक्रमणको प्रतिक्रिया दिनुपर्ने कुरा उठाइरहेका छन्। तर, इजरायल भने अन्य मुलुकले जनाउने थप प्रत्यक्ष प्रतिक्रियालाई विचार गरिरहेको छ। यदि यस्तो भएमा अनिश्चितता र तनाव धेरै समयको लागि रहने र बदला कसरी लिन्छ भन्नेमा केन्द्रित हुने वातावरण बन्छ’ आईएनजी रणनीतिकार वारेन प्याटरसन र इवा मन्थेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भनेका छन्।
हाल इरानी तेल उत्पादन सबैभन्दा जोखिममा छ। इजरायलका सहयोगीहरूको कडा कूटनीतिक प्रतिक्रियाले पनि तेल प्रतिबन्धलाई कार्यान्वयन गर्ने विषयमा बल पुर्याउन सक्दछ। यस्तो भएमा इरानी तेल निर्यातमा उल्लेखनीय असर पर्नेछ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यस्तो अवस्था सिर्जना भएमा प्रतिदिन १० लाख ब्यारेल इरानी तेल निर्यातमा असरमा पर्ने देखिएको छ, जसको असर संसारभर नै देखिनेछ।
इरानी हमला अघि ९१ अमेरिकी डलरमा भएको तेलको मूल्य बढ्नुको प्रमुख कारण भूराजनीतिक जोखिमको परिणाम भएको बताइएको छ। यसअघि कोभिड १९ नियन्त्रण गर्ने भन्दै विश्वमा गरिएको लकडाउनका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३९ डलर प्रतिब्यारेलसम्म पुगको थियो।
गएको सोमबार मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको थियो। उक्त दरमा मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय ७८ र डिजेल तथा मट्टीतेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
यसअघि १८ चैतमा पनि पेट्रोलको मूल्य ४ रुपैयाँ प्रतिलिटर बढाइएको थियो। दुई वर्ष अघि सन् २०२२ जुनमा नेपालमा पेट्रोलको मूल्य १९९ रुपैयाँ प्रतिलिटिर तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ प्रतिलिटरसम्म पनि पुगेको थियो।