काठमाडौं। काठमाडौँ उपत्यकाका केही ठाउँमा विदुयुत् उपलब्ध नहुने भएको छ।
प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तारको ठाउँमा नयाँ तार राख्नुपर्ने तथा मर्मत कार्य गर्नुपर्ने भएकाले बुधबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् नहुन सक्ने बताएको हो।
उक्त काम वैशाख ८ गतेसम्म चल्ने भएकाले विद्युत् उपलब्ध हुन नसक्ने आयोजनाको भनाइ छ। आयोजनाका अनुसार विद्युत् कटौती हुने क्षेत्रहरू सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो रहेका छनत्।
त्यस्तै मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भर्याङ, ठूलो भर्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुंगेधारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडी)को लाइन पनि अवरुद्ध हुन सक्ने आयोजनाको भनाइ छ।