काठमाडौं। २०८० लाई फर्केर हेर्दा आधाभन्दा बढी समय सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८०० देखि २००० बिन्दु वरिपरी घुमेर बित्यो भने आधा समय २००० देखि २२०० बिन्दुमा रह्यो।
अघिल्लो वर्ष २०७९ चैत ३० गते १९३४.४७ बिन्दुमा रहेको नेप्से २०८० चैत २८ गते २०२५.७० को बिन्दुमा रोकियो। यस अर्थमा हेर्दा २०८० भरि सूचकका हिसावले करिब ९१ अंकको मात्रै वृद्धि देखियो। तर, त्यो वृद्धिकै रुपमा रहन्छ कि फेरि पुरानै बिन्दुमा फर्किन्छ भन्ने अवस्था भने वर्ष २०८१ ले तय गर्नेछ।
यद्यपि अधिकांश सेयर लगानीकर्ताहरु वर्ष २०८१ म नेप्से २००० बिन्दुबाट तलन झर्ने अपेक्षामा छन्। २०८० मा नेप्सेले न्यूनबिन्दु समाउँदा २०८० जेठ १ गते १८१८.३१ म बन्द भयो।
वैशाख अन्तिम वा जेठ पहिलो साता सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आउने, जेठ १५ गते संघीय बजेट आउने र साउन पहिलो साता मौद्रिक नीति आ उने हुँदा त्यसको सकारात्मक केही न केही मात्रामा भए पनि नेप्सेमा देखिनेछ।
यद्यपि यसै दिन नेप्से १८०७.५२ बिन्दुसम्म झर्यो भने अघिल्लो कारोबार दिनमा न्यूनतम १८०७.०७ बिन्दुसम्म झरेको थियो। तर, उच्च मूल्य पहिल्याउँदा भने २०८० साउन ७ गते नेप्से २२२८.७४ बिन्दुसम्म चढे पनि २२२७.१६ बिन्दुुमा रोकियो।
वर्तमान अवस्था, सेयर बजारलाई प्रभाव पार्ने विषय र विगतको केही वर्षयताको ‘मुभ’लाई हेर्दा २०८१मा भने नेप्से २२०० देखि २४०० वरिपरी घुम्ने सम्भावना रहे पनि २५०० को बिन्दुलाई पछ्याउने अपेक्षा गरिएको छ।
लगानीकर्ता देव गुरागाईं २०८१ म भने सेयर बजारले फड्को मारेर टुंगिने आशा रहेको बताउँछन्। ‘मेरो दृष्टिकोणमा २०७९ र २०८० सेयर बजारका लागि लगभग उस्तै रह्यो। यसबाट २०८१ म भने मध्यमस्तरको सुधार हुँदै बजार २२०० देखि २४००बिन्दु वरिपरी घुम्ने आशा छ,’ गुरागाईं भन्छन्, ‘नयाँ वर्षले लगानीकर्तामा जोस ल्याउने, कर्जा सहज हुने र लगानीको मनोबल बढ्ने सम्भावना देखिन्छ। यसले बजारमा सकारात्मक प्रभाव पर्ने सम्भावना छ।’
अर्कोतर्फ सरकारले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन यही वैशाख १६ र १७ गते गर्दैछ। वैशाखमै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमास समीक्षा ल्याउनेछ। सरकार परिवर्तन भएकाले उक्त समीक्षामा राष्ट्र बैंकले केही लचिलो प्रावधान ल्याउने अपेक्षा एकातर्फ गरिएको छ भने अर्कोतर्फ गएको समीक्षामा सेयर बजारका विषयमा मौन बसेका कारण आगामी समीक्षामा सहजता प्रदान गर्ने सम्भावना बलियो छ।
लगानीकर्ता गुरागाईंकाअनुसार बजारको साइकल हेर्दा पनि करिब तीन वर्ष अवधि एउटा बिन्दुमा रहेपछि नेप्से माथिल्लो बिन्दुमा लम्कने गरेको इतिहास देखिन्छ।
बैंकहरुले चालू पुँजीकर्जाको कारण तरलता (लिक्विडिटी) सहज हुँदा पनि कर्जा प्रवाह गर्न नसकेको, सेयर धितो कर्जाको जोखिमभार नघटेको अवस्थामा केही सहज व्यवस्था आउने वित्तिकै सेयर बजारले गति लिनेछ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल २०८१ म बजार राम्रो हुने थुप्रै आधारहरु रहेको बताउँछन्। ‘बैंकमा तरलता सहज भएको, ब्याजदर निरन्तर घट्दै गएको र अर्थमन्त्रीले पनि सुधारको वचन आदि बजार सुधार हुनसक्ने प्रमुख आधार हुन्,’ ढकाल भन्छन्, ‘सुझाव माग गरेरै सुधार गर्छु भनेकाले ढिलोचाँडो अर्थमन्त्रीबाट केही सुधारको का महुने अपेक्षा गर्न सकिन्छ।’
कर्जामा तोकिएको सीमा हटाउने, जोखिमभार कम गर्ने तथा बैंक–वित्तीय संस्थाले सेयर किन्न पाउने यस अघिको व्यवस्थलाई सहज गरी लगानीकर्ताको मनोबल बढाएमा बजार सकरात्मक दिशामा अघि बढ्ने ढकालको भनाइ छ।
ब्याजदर करिबकरिब न्यून बिन्दुमा आएकाले अब बैंकले तोक्ने निक्षेप तर्फको आधार दर कम तोकिएमा यसले माहोल सिर्जना गर्न सक्नेछ।
ब्याजदर करिबकरिब न्यून बिन्दुमा आएकाले अब बैंकले तोक्ने निक्षेप तर्फको आधार दर कम तोकिएमा यसले माहोल सिर्जना गर्न सक्नेछ। नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति नहुँदा लगानीकर्ताले आफ्ना माग माथिल्लो निकायमा लग्न असहज भएकाले बोर्ड अध्यक्ष नियुक्तिले पनि बजार अघि बढाउन भूमिका खेल्नेछ।
२०८१ मा सेयर बजार माथिल्लो बिन्दुमा पुग्ने प्रयाप्त सम्भावना रहेको कुरा गर्दै गर्दा २०८० भने पुँजी बजारका लागि सुखद नभएको ढकाल बताउँछन्। ‘समग्रमा २०८० पुँजी बजारका लागि दुःखदायी वर्ष रह्यो। आम लगानीकर्ताले कमाउने भन्दा पनि बढी गुमाउनु पर्यो,’ ढकाल भन्छन्, ‘तरलता सहज भएको, ब्याजदर घटेको अवस्थामा पनि नीतिगत सुधारको अभावले वर्षभर लगानीकर्ताको मनोबल बढ्न सकेन।’
यो एक वर्षको बीचमा धेरै कम्पनीको आइपिओ आइनेप्सेमा सूचीकृत भएकाले पनि सूचकमा आएको सामान्य थपलाई राम्रो मान्न नसकिने ढकालको भनाइ छ। गत साताको बजारलाई हेर्दा पनि तीन कारोबार दिनमा नेप्से दुई दिन उकालो लाग्दा एक दिन घटेर बन्द भएको थियो। वैशाख अन्तिम वा जेठ पहिलो साता सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आउने, जेठ १५ गते संघीय बजेट आउने र साउन पहिलो साता मौद्रिक नीति आ उने हुँदा त्यसको सकारात्मक केही न केही मात्रामा भए पनि नेप्सेमा देखिनेछ।
अहिले विश्वभरका सेयर बजार उकालो लागेको अवस्था छ। विश्वभरको मूल्य वृद्धिस्थिर अवस्थातिर लाग्न खोजेकाले पनि आगामी दिन केही सहज हुने अवस्था छ।
त्यतिमात्र होइन अहिले विश्वभरका सेयर बजार उकालो लागेको अवस्था छ। विश्वभरको मूल्य वृद्धिस्थिर अवस्थातिर लाग्न खोजेकाले पनि आगामी दिन केही सहज हुने अवस्था छ। रुस युक्रेन युद्धले पारेको प्रभावको असर विस्तारै मेटिँदैछ। यसले व्यवसायमा सकारात्मक प्रभाव पर्न जाने भएकाले नेपालले पनि त्यसबाट केही न केही फाइदा लिन सक्ने अवस्थामा रहने हुन्छ।
स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट २०८० मा बजार चलयमान हुने पर्याप्त आधार बनेकाले २०८१ सकरात्मक हुने तर्क गर्छन्। ‘बैंकको ब्याजदर घटेको छ, लिक्विडिटी पर्याप्त छ भने अर्थमन्त्रीले बजार सुधारका लागि काम गर्ने वचन दिनुभएको छ। उहाँले आगामी बजेटमार्फत् केही कुरा ल्याउने समय नजिँकिदै छ,’ रानाभाट भन्छन्, ‘यस्तै, बजार घटेको पनि करिब तीन वर्ष भइसकेको छ। यी आधार हेर्दा बजार राम्रो हुने देखिन्छ।’