काठमाडौं । नेपाल टेलिकमले सेयर बजार र जलविद्युत र प्रसारण लाइनलगायतका पुर्वाधारमा लगानी गर्ने भएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सेयर लगानी गरेको टेलिकमले आफनो मौज्दात स्रोतलाई उपयोग गर्न सेयर बजार, जलविद्युतमा लगानी विस्तार गर्न लागेको हो । माथिल्लो तामाकोसीमा टेलिकमले ६ प्रतिशत सेयर लगानी गरेको छ ।
कम्पनीमा मौज्दात भएको रकम बैंक तथा वित्तीय संस्था, सेयर, ऋणपुँजी, ऊर्जा तथा प्रसारणलाइन र पूर्वाधार साझेदारीमा लगानी गर्ने विशेष प्रस्ताव आउँदो वार्षिक साधारणसभामा लैजाने तयारी टेलिकमले गरेको छ । यस्तै टेलिकम पुर्वाधार साझेदारीका लागि स्थापना हुन लागेको सेवामुलक कम्पनीमा सेयर लगानी गर्ने प्रस्ताव साधारणसभामा पेश हुने छ ।
लगानीको क्षेत्र फराकिलो बनाउन नेपाल टेलिकमले आगामी पुुुसमा २८ गते हुन लागेको १२ औं साधारणसभामा कम्पनीको प्रवन्धपत्रको दफा ४ को बुँदा नम्बर ५ को २१ लाई परिवर्तन गर्नका लागि विशेष प्रस्ताव लैजान लागेको हो । साधारणसभाबाट पारित भएपछि टेलिकमले अन्य क्षेत्रमा लगानी विस्तार गर्ने छ ।
टेलिकमले विटिएस टावरलगायत अन्य टेलिकम पूर्वाधार साझेदारी गर्नका लागि स्थापना हुने कम्पनीमा सेयर लगानी गर्ने छ । नेपाल दुरसञ्चार प्राधिकरणले टेलिकम कम्पनीहरुको पुर्वाधार साझेदारीको प्रकृया अघि बढाएको छ । एउटा टावरबाट दुई वा सो भन्दा बढि कम्पनीका लागि टेलिकम सिग्नल दिने गरि पुर्वाधार खडा गर्ने योजना छ ।
टेलिफोन सेवाका लागि धेरै पुर्वाधार नचाहिने निश्कर्ष प्राधिकरणको छ । नेपाल टेलिकम, एनसेल र स्मार्टसेल लगायतका सेवाप्रदायकले एउटै क्षेत्रमा छुट्टाछुट्टै टावर, अप्टीकल फाइवर लगायतका पुर्वाधार निर्माण गर्दै आएका छन ।
एकै स्थानमा धेरै कम्पनीको टावरले लगानी बढाउनुका साथै सुन्दरतालाई पनि असर गरेकाले बीटीएस टावर राख्नका लागि पूर्वाधार कम्पनी खोल्न लागेको टेलिकमका सहायक प्रवत्ता कृष्ण भण्डारीले बताए । उनले कम्पनी स्थापनका छलफलको चरणमा रहेको उनले सुनाए । उनले टेलिकम कम्पनीहरुले भाडामा बीटीएस टावर राख्ने र एउटै टावरले धेरैको काम गर्ने जानकारी दिए ।
गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव साधारणसभामा पेश हुँदै छ । गत वर्ष टेलिकमले ५५ रुपैयाँ नगद लाभांश दिएको थियो । यो वर्ष सेयरधनीले प्रतिसेयर १० रुपैयाँ लाभांश दिन लागेको हो ।