काठमाडौं । हनुमन्ते खोला करिडोर निर्माणमा पहिलो चरणको काम करिब ७० प्रतिशत सम्पन्न भएको छ । १ अर्ब ८२ करोड लागतमा निर्माण सम्पन्न गर्नेंं लक्ष्यका साथ करिडोरलाई तीन खण्डमा बिभाजन गरिएको छ ।
करिडोरको पहिलो प्याकेज भक्तपुरको गठ्ठाघर देखि माथी २८ सय मिटर छु¥याइएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिले बाग्मती नदीलाई केन्द« बनाएर अन्य सहायक नदिसमेतमा करिडोर निर्माण शुरु गरेको हो । सोहि योजना अन्तरगत हनुमन्ते खोलामा तीन ओटा प्याकेज बनाएर करिडोर निर्माण अघि बढाइएको छ ।
पहिलो प्याकेज निर्माण २०७५ असार २७ गतेबाट पिएस, गोल्ड समान्तर कन्ट्रक्कसनले दुई बर्षभित्र सम्पन्न गर्ने गरी जिम्मा लिएको छ । यसको लागत ६९ करोड ७० लाख १८ हजार रहने समितिका इन्जिनियर कमल अर्यालले बताए । उनका अनुसार राधेराधे देखि सल्लाघारीसम्म १२ सय मिटरको काम भइरहेको छ । खोलाको किनाराबाट दुबै तर्फ १८ मिटरको पर्खाल, करिडोर, सडकलगायतका काम भइरहेको छ ।
त्यस्तै हनुमन्ते करिडोर दोस्रो प्याकेजको भने दुई महिना अगाडीबाट शुरु भएकामे छ । कात्तिक १ बाट गठ्ठाघर देखि बालकोटसम्मको १२ सय मिटर करिडोर निर्माणको जिम्मा लामा समान्तर कन्स्ट्रक्कसन प्रालीले लिएको छ । दुई बर्षमा सकिने दोस्रो खण्ड निर्माण भने ५६ करोड ७० लाख ३७ हजारको सम्झौता भएको छ । दुई महिनामा करिव ७ प्रतिशत मात्र काम भएको समितिले जनाएको छ ।
त्यस्तै, तेस्रो प्याकेजको काम लोकन्थली देखि २५ सय ८८ मिटर तल निर्धारण गरिएको छ । खोलाको किनाराबाट १८ मिटर निर्धारण गरी करिडोरको काम अगाडी बढेको छ । तेस्रो प्याकेजमा पनि खोला किनारा वरिपरि पर्खाल, सडक र ढलको पाइप बिछ्रयाउने काम भइरहेको छ । कालिका कन्ट्रक्कसनले ५५ करोड ९८ लाख ६१ हजार लागतमा ३० महिनाभित्र सम्पन्न गर्ने गरी २०७६ कात्तिक १ गते सम्झौता भएको थियो । यो प्याकेज अहिलेसम्म ५ प्रतिशतमात्र सम्पन्न भएको समितिका इन्जिनियर कमल अर्यालले बताए ।
उपत्यका भित्रका १० ओटा नदीको आसपासमा करिडोर निर्माण गर्ने गरी अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता बिकास समितिले काम अगाडी बढाइरहेको छ । सोहि अनुसार हनुमन्ते खोला किनारलाई सफा बनाउन दुबै तर्फ करिडोर बनाउन लागेको आयोजना प्रमुख लिलाप्रसाद ढकालले बताए । उनका अनुसार समितिले बागमतीका सहायक सबै नदिमा करिडोर बनाउने योजना अगाडी बढिसकेको छ ।
उनले भने ‘अहिले बागमतीलगायत अन्य सबै नदीमा करिडोर बनाउन ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ ।’ तर, अहिले खोला बग्ने वास्तविक किनारा पत्ता लगाउन नसक्दा खोला छेउमा जग्गामा मुआब्जा लगायतमा समस्या आउने गरेका छन । सरकारले उपत्यकाभित्रका नदीमा करिडोर निर्माणको लागी बार्षिक २ अर्ब भन्दा बढी बजेट बिनियोजन गदै आएको छ । जसमा एसियाली बिकास बैक (एडिबी)ले अनुदान सहयोग गरेको छ ।