काठमाडौं। इलेक्ट्रोनिक्स ब्रान्ड सामसुङले नयाँ वर्ष २०८१ अवसरमा ‘स्वागत नयाँ वर्षलाई, बाँढौं खुसी सधैंलाई’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत ग्राहकले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशत र फ्रिज तथा वासिङ मेसिन खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सामसुङ टिभी, फ्रिज र वासिङ मेसिन खरिद गर्न सकिनेछ।
सामसुङले नयाँ वर्ष अफरमा ग्राहकलाई टिभीको नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडीलगायतका टिभी खरिद गर्दा ३८ प्रशितशतसम्मको छुट दिएको छ।
नागरिकता पेस गरी ग्राहकले ५५ इनच वा त्योभन्दा ठूलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्नेछन् र इनस्टा फाइनान्स सेवामार्फत ईएमआई १८ महिने अवधिमा तिर्ने विकल्प कम्पनीले दिएको छ।
यस्तै, ४३ इनच वा सोभन्दा सानो टिभी खरिद गर्दा १ वर्षभित्र ईएमआई सुविधा रहेको कम्पनीले जनाएको छ। कुनै पनि सामसङ टिभी किन्दा ग्राहकले साउन्डबार खरिद गर्दा साउन्डबारमा आकर्षक छुट पाउन सक्नेछन्।
सामसुङको ७५ इन्चभन्दा ठूलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकले साउन्डबार सित्तैमा पाउनेछन् भने एयू ७७०० मोडलका ५५ इन्च र ६५ इन्च युएचडी टिभी खरिद गर्दा ग्यालेक्सी ए.१५(८/१२८) मोबाइल फोनमा ५००० रुपैयाँको छुट पाउन सकिने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत ग्राहकले फ्रिज र वासिङ मेसिन खरिदमा ३० प्रतिशतसम्मको छुट पाउनेछन्। सामसुङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वासिङ मेसिनका रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायत रेन्जका फ्रिजमा क्यासब्याक पाउने र एक्सचेन्ज सुविधा उपलब्ध गराएको छ।
ग्राहकले अफर एक्सचेन्ज पार्टनर अर्कोस्टोर डटकममार्फत अनलाइनमा लिन सक्नेछन्। यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्कअन्तर्गत नेपालभरि आगामी जेठ २ सम्म लागू हुने कम्पनीले बताएको छ।