काठमाडौं। पोखरामा ट्याक्सी चढ्दा प्रभु बैंकको क्यूआर कोडमार्फत भुक्तानी गर्न पाइने भएको छ। प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगद रहित भुक्तानी प्रणालीको सहकार्यका लागि सम्झौता भएको छ।
गण्डकी ट्याक्सी व्यवसाय प्रालिमा आबद्ध ट्याक्सी व्यवसायीको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आप्mनो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न, विभिन्न बैंक÷वित्त तथा अन्य गेट–वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन सम्झौता भएको हो।
सम्झौतामा प्रभु बैंक गण्डकी प्रदेश प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको सहभागितामा बैंकका प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसायका अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरे।
सार्वजनिक यातायातका सेवाग्राहीले ट्याक्सी चालकलाई प्रभु बैंकले उपलब्ध गराएको क्यूआरमार्फत बिनाझन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सक्नेछन्। गण्डकी ट्याक्सी व्यवसाय प्रालिमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकका लागि बैंकले क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्री उपलब्ध गराएको छ।
निकट भविष्यमा अन्य ३५० भन्दा बढी चालकलाई उपलब्ध गराइने बैंकले जनाएको छ। कार्यक्रममा बैंकले ट्याक्सी चालकलाई क्यूआर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्ट सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्यूनीकरणका उपाय सम्बन्धमा झन्डै १ घन्टाको दृष्यचित्रसहित चेतनामूलक सामग्री देखाइएको थियो।
पर्यटकीय राजधानीे पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय भुक्तानी प्रणालीबाट सेवाग्राही तथा ट्याक्सी व्यवसायी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।