काठमाडौं। बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २.७३ अंकले घटेको छ। लगातार ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले अन्तिम कारोबार दिन बिहीबार पनि घटेर २००४.०५ अंकमा बन्द भएको हो।
बिहीबार विभिन्न कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर खरिदबिक्रीमा कुल ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ। कारोबार भएकोमध्ये १०६ कम्पनीको नाफा तथा १२८ कम्पनीको सेयरमा गिरावट आएको छ। यस्तै ११ कम्पनीको सेयर यथास्थितिमा छ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ।
बुधबार २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँको कारोबार भएको थियो। यस दिन ३०२ वटा धितोपत्रको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर किनबेच भएको हो।
तीन वटा लघुवित्त कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। मनुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १ हजार ९७ रुपैयाँ ८० पैसा कायम भएको छ।
मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९९प्रतिशत र गुराँस लघुवित्तको ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः ९४९ र १ हजार ९७६ रुपैयाँ कायम भएको छ।
पिपुल्स पावरको मूल्य सर्वाधिक ९.०५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ५५३ रुपैयाँ कायम भएको छ। बिहीबार गोर्खाज फाइनान्सको प्रतिकित्ता ९१२ रुपैयाँमा २३ करोड ३२ लाख बराबरको सेयर कारोबार भएको हो, जुन सर्वाधिक हो।
आज सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०६ रुपैयाँ ३० पैसामा १८ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।