काठमाडौं। इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को अवसरमा ग्राहकहरुका लागि उपहार योजना ल्याएको छ। कम्पनीले 'केही नयाँ गरौं, नयाँ सोचौं र नयाँ नै रोजौं' भन्ने सन्देशसहित 'नयाँ सोचौं, नयाँ रोजौं' उपहार योजना ल्याएङ्को हो। योजनाअन्तर्गत सीजी तथा सीजी मेरिडियाका उत्पादनहरुको नवीनतम प्रविधि एवं गुणस्तरीय सामानसहित ग्राहकका लागि ५८ हजार ८०० रुपैयाँसम्म क्यासब्याक तथा उपहार उपलब्ध गराउने कम्पानीले जानकारी दिएको छ।
सिजीका उत्पादन एलईडि टिभि, गुगल टिभि, एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुमक्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा ग्राहकले उपहार पाउने कम्पनीको भनाइ छ।
कम्पनीले ३२, ४३, ५०, र ५५ इन्चको एलइडी टिभि,अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुमक्लिनरमा क्यासब्याक अफर राखेको छ। त्यस्तै ६५ र ७५ इन्चको गुगल टिभीमा क्यासब्याकलगायत २.१ स्पीकर उपहार पनि रहेको बताएको छ। त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याकलगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याकलगायत ६ केजी एरियल उपहार रहेको छ। उक्त योजना बुधबारदेखि नेपालका डिलर तथा स्वरुममा लागू भइसकेको कम्पनीको भनाइ छ।