काठमाडौं। लगानी बोर्डसँगको सहकार्यमा चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावास बेइजिङ तथा हङकङ, छेड्दु र ग्वान्जाओस्थित महावाणिज्य दूतावासले मार्च २३ देखि २९ सम्म चीनका विभिन्न सहरमा आयोजना गरेको तेस्रो लगानी सम्मेलनको प्रि(इभेन्टसम्बन्धी पाँच वटा छुट्टाछुट्टै सेमिनारमा लगानी बोर्डले सहभागिता जनाएको छ।
आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गरी चिनियाँ सरकारी निकाय, चिनियाँ लगानीकर्ता र च्याम्बरका प्रतिनिधि तथा गैरआवासीय नेपालीलगायतलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा लगानी सम्मेलनको उद्देश्य, लगानी वातावरण निर्माणका लागि भएको नीतिगत एवं कानुनी सुधारका प्रयास, लगानीका अवसर र सम्भाव्य परियोजनाबारेमा जानकारी दिइएको बेर्डले जनाएका छ।
मार्च २३ मा हङकङस्थित महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रममा महावाणिज्यदूत उदय राना मगरले नेपालमा वैदेशिक लगानी विषयक प्रस्तुतीकरण दिएका थियो भने लगानी बोर्डको कार्यालयका सहसचिव मार्च २३ मा हङकङस्थित महावाणिज्य दूतावासद्वारा नेपालमा वैदेशिक लगानी विषयक प्रस्तुतीकरण दिएका थिए।
यस्तै, लगानी बोर्डको कार्यालयका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले नेपालमा रहेका लगानीका अवसर र आगामी लगानी सम्मेलनको विषय समेटिएको प्रस्तुतीकरण गरेका थिए। १०० बढी सहभागी कार्यक्रममा हङकङ र मकाउका स्थानीय व्यवसायी, चेम्बर प्रतिनिधि तथा गैरआवासीय नेपालीको सहभागिता थियो।
त्यसैगरी मार्च २५ मा छेड्दुस्थित महावाणिज्य दूतावासको आयोजनामा सञ्चालित कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानी वातावरण र लगानी अवसर, सार्वजनिक निजी साझेदारीका परियोजना र ठूला लगानीको सहजीकरण गर्न स्थापित लगानी बोर्डको संस्थागत विकासका लागि भएका प्रयास र परियोजना विकास र व्यवस्थापनका क्षेत्रमा बोर्डले चालेका कदमबारे जानकारी दिएका थए।
बोर्डका अनुसार बेइजिङस्थित दूतावासले मार्च २६ मा आयोजना गरेको प्रि(इभेन्ट सेमिनार विषयक कार्यक्रमलाई चीन भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको चर्चा गरेका थिए। उनले आगामी महिना आयोजना हुने लगानी सम्मेलन नेपालमा लगानी वातावरण र अवसर विषयमा जानकारी लिने उपयुक्त अवसर भएकोले सहभागिताका लागि आग्रह गरेका थिए।
कार्यक्रमको सुरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले चिनियाँ लगानीकर्तालाई आगामी लगानी सम्मेलनमा सहभागी भई नेपालमा लगानीका लागि आहवान गरेको भिडियो सन्देश प्रस्तुत गरिएको थियो।