काठमाडौं। ग्लोकल आफ्टर स्कुलले स्किल वीक कार्यक्रमको पाँचौं संस्करण गर्ने भएको छ। कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माण उद्देश्य राख्ने आयोजकले बताएका छन्।साताव्यापी स्किल वीक कार्यक्रमले विभिन्न सीपमूलक तालिम, सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरन्जन लक्षित सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्न कोसिस गरिनेछ।
कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमुलक रोजगारीका अवसर, बढ्दोे सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्त्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक नामक कार्यक्रम मार्च ३१ देखि अप्रिल ८ सम्म सञ्चालन हुनेछ।
कार्यक्रममा १५ देखि ३० वर्षसम्म उमेरकाले सहभागिता जनाउन सक्नेछन्। सोही कार्यक्रमबाट सीप विकासबारे जानकारी लिन सकिनेछ। युवाका लागि खुला मञ्च कार्यक्रममा सम्पूर्ण आवेदन निःशुल्क हुनेछन्। युवाले सीपका विभिन्न किसिमका बजार माग एवं सीपको महत्त्वबारे जानकारी पाउनेछन्।
कार्यक्रममा चार फरक सीप क्षेत्रमा प्रदर्शन गरिनेछ। यसमा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान र प्रविधि रहेका छन्। कार्यक्रमका मुख्य विशेषतामा छलफल, सीपमूलक प्रस्तुति, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला तथा मनोरन्जन विधा समावेश हुने आयोजकको भनाइ छ।