काठमाडौं । बागमती नदी आसपासका करिडोर निर्माण कार्य सुरु गरेको ४३ बर्ष पुरा भएको छ । दुई दशकभन्दा बढी समय बितिसक्दा पनि करिडोर निर्माणको काम भने अझै अलपत्र छ ।
काठमाडौ उपत्यका विकास प्राधिकरणले २०३३ सालमा बागमती नदीमा करिडोर बनाउन मापदण्ड बनाएको थियो । बागमतीको सभ्यता कायम राख्न सरसफाई देखि आसपासमा करिडोर निर्माण गर्न मापदण्ड बनाइएकोे काठमाडौ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले बताए ।
उनका अनुसार बागमती करिडोर निर्माणको मापदण्ड २०३३ सालमा निर्माण भएपनि २०५६ सालबाट काम शुरु भएको हो । उनले भने ‘काम अगाडी बढाउदा बागमतीको आसपासमा १४-१४ मिटर कायम गरी करिडोर निर्माण थालनी गरिएको थियो ।’ तर, खोला छेउका धेरै स्थानमा घर जग्गा परेकाले मुआब्जा समस्या आएको तिवारीले बताए ।
उनका अनुसार केहीलाई मुआब्जा उपलब्ध गराइएपनि केही ठाउँमा अझै दिन सकिएको छैन । बागमती करिडोर निर्माण अगाडी बढाएपछी अन्य नदीमा पनि करिडोर निर्माण गर्ने योजना शुरु भयो । बागमती पछि धोबीखोला ,बिस्णुमती नदी करिडोर योजना अगाडी बढाएको थियो । अहिले बागमतीको सुन्दरीजल देखि जोरपाटीसम्म र गोर्कण देखि गुहेश्वरीसम्म करिव ८ किलोमिटर जग्गाको मुआब्जामा समस्या देखिएको हो ।
अहिले बागमती नदि आसपासका अन्य नदीमा समेत करिडोर र हरियाली प्रर्वद्धन गर्न लागी अधिकार सम्पन्न सभ्यता एकीकृत बिकास समितिले करिडोरको काम भइरहेका छन् । अहिले सिनामङगल देखि २४ सय मिटरमा बागमती नदीमा करिडोर निर्माणको काम भइरहेको छ । श्वच्छन्द शंकर माली र जेभी कन्ट्रक्सनले २०७६ असार ९ गत देखिे २ बर्षभित्र सक्नेगरी काम अगाडी बढाइएको छ ।
८५ करोड ८९ लाख ७७ हजार लागतमा सक्ने सम्झौता भएको समितिका इन्जिनियर कमल अर्यालले बताए । उनका अनुसार सुन्दरीघाट देखि तल १ सय मिटर, डल्लुदेखि २ सय ७० मिटर करिडोर र १.५ किलोमिटर सडक गरी कुल ५ किलोमिटर सडक कालोपत्रे गरिनेछ । उनले भने ‘यो क्षेत्रमा मोडल स्कुलको जग्गामा समस्या देखिएको छ ।’ एउटै नदी संरक्षण र व्यवस्थित बनाउन भन्दै तीन÷चार वटा संरक्षण समितीहरु बनाइएका छन् । यसले गर्दा पनि आयोजना अगाडी बढाउन समस्या देखिएको अधिकार सम्पन्न बागमती एकिकृत सभ्यता विकाश समितीका प्रमुख लिलाप्रसाद ढकालले बताए ।
बागमती संरक्षणका लागि २०५१ सालमा पशुपति वातावरण संरक्षण समिति बन्यो । २०५२ मा बागमति ढल आयोजना, २०६४ सालमा अधिकार सम्पन्न बागमती समिति र २०७३ सालमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति सञ्चालनमा आएको छ । यी निकायले उपत्यकाका १० भन्दा बढी नदिमा करिडोर निर्माण कार्य अगाडी बढाइरहेको छ ।
कतिपय ठाउँमा जग्गाको मुआब्जाका कारण अदालतमा मुद्दा समेत चलिरहेकाले ढिलाई भएको ढकालले बताए । उनका अनुसार थापाथलीदेखि बल्खुसम्म बाग्मती नदीको दायाँवायाँ पर्खाल लगाउने, टुकुचा खोलाको पानीलाई प्रशोधन गरी सफा बनाई बागमतीमा मिसाउने र नख्खु खोलाका साथै ललितपुरमा बग्ने विभिन्न नदीनाला आसपासमा सौन्दर्यीकरण गर्ने काम भइरहेको छ । उनले भने ‘समितीले अगाडी बढेका सबै योजनाका काम निरन्तर भइ रहेको छ । कतै पनि अलपत्र बनाएका छैनौं ।’
उपत्यकाका बाग्मती, विष्णुमती, नख्खुखोला, टुकुचा, धोबीखोला, हनुमन्ते, रुद«मतीलगायतका नदीमा करिडोर निर्माण, हरियाली अभिवृद्धि र बगैंचा निर्माणको काम भइरहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७४/०७५ मा बागमती करिडोर बनाउन समितिलाई १ अर्ब ७२ करोड बजेट बिनियोजन भएको थियो । आर्थिक बर्ष २०७६/०७७ मा २ अर्ब ५४ करोड बजेट विनियोजन गरेको थियो । जसमा करिब ६५ प्रतिशतमात्र बजेट खर्च भएको योजना प्रमुख ढकालले बताए ।