काठमाडौं। नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल मनी वीक २०२४ ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ नारासहित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीलाई बचतको महत्त्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत वित्तीय साक्षरताका विभिन्न पक्षमा शिक्षित गराउने उद्देश्य राखेको थियो।
न्युरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगन्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगापुर, कोहलपुर, मणिग्राम, दाङलगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब ८ सय जनाको सहभागिता रहेको बैंकले जनाएको छ।