काठमाडौं। पेप्सोडेन्ट नेपालले यस वर्षको विश्व मौखिक स्वास्थ्य दिवस २०२४ अवसरमा विभिन्न समुदायमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवर्द्धन गर्न मार्च महिनाभर विभिन्न गतिविधि सम्पन्न गरेको जनाएको छ।
मानव शरीरको सम्पूर्ण स्वास्थ्यका लागि दन्त तथा मौखिक स्वास्थ्य र स्वच्छता अपरिहार्य रहेको तथ्यलाई अनुशरण गर्दै कम्पनीले स्वस्थ जीवनका लागि आवश्यक विभिन्न उत्पादन वितरण गर्दै व्यक्तिगत तथा सामूहिक रुपमा स्वस्थ मुस्कान र दाँतमा असर गर्ने किटाणुविरुद्ध लड्ने चेतना जागृत गर्दै आएको बताएको छ।
कम्पनीले एक–एक पाइलासँगको सहकार्यमा नेपालका दुर्गम भेगमा १६०० जनालाई निःशुल्क चिकित्सा सेवा र मौखिक स्वास्थ्यसम्बन्धी शिक्षा दिएको थियो। कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको सहयोगमा इन्द्रेश्वर माध्यमिक विद्यालयमा ३४३ जनालाई निःशुल्क डेन्टल स्क्रिनिङ सेवा दिइएको कम्पनीले बताएको छ। ब्रान्डले पेप्सोडन्ट नमुना वितरण गरी समाजमा मौखिक स्वास्थ्य र हात धुने तरिकाबारे सचेतना बढाएको थियो।
२०२४ मार्च २० मा विश्व मौखिक स्वास्थ्य दिवस अवसरमा पेप्सोडेन्ट नेपालले नेपाल डेन्टल एसोसिएसनसँगको साझेदारीमा ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ नारासहित दन्त स्वास्थ्य जागरुकता कार्यक्रम आयोजना गरेको थियो।
काठमाडौं, भक्तपुर र ललितपुरका १५ स्थानमा आयोजित कार्यक्रमले ३५०० सहभागीलाई दन्त तथा मौखिक स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गर्दै ब्रान्ड सचेतना पनि बढाउने लक्ष्य राखेको थियो। ७०–८० स्वयंसेवक र १०–२० दन्त कार्यकारी अधिकृत रहेको १०० जनाको टोलीसहित संलग्न कार्यक्रमबाट पेप्सोडेन्ट ब्रान्डको सकारात्मक प्रभाव पारेको कम्पनीको भनाइ छ।
यस्तै, कम्पनीले कीप ब्रसिङ एन्ड कीप स्माइलिङ नामक डिजिटल अभियान सुरु गरेको थियो। अभियानको लक्ष्य संगीतको धुनमा स्वस्थ जीवनशैलीका लागि मौखिक स्वास्थ्यको दैनिक नियमको महत्त्वलाई झल्काउन हरेक व्यक्तिलाई आफ्नो मन पर्ने धुनमा पेप्सोडेन्टले दाँत माझ्दै, रमाउँदै नाच्न प्रेरित गर्नु रहेको थियो। यस अभियानलाई सामाजिक सन्जालका १२ इन्फ्लुएन्सरको सहकार्यमा पनि प्रवर्द्धन गरिएको थियो।