काठमाडौं। नेपाल वायुसेवा निगम(नेवानि)का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तिम तयारी थालेको छ। सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर काम गरिरहेका अध्यक्ष अधिकारीलाई पदबाट हटाउन नमिल्ने भएपछि प्राधिकरणले एकाउन्टेबल म्यानेजर खोस्ने तयारीमा लागेको हो।
प्राधिकरणले हवाई सुरक्षामा गम्भिर लापरबाही गरेको भन्दै अध्यक्ष अधिकारीलाई २७ बुदाको प्रश्न सहितको स्पष्टिकरण सोधेको हो। हवाई सुरक्षाका दृष्टिले निकै संवेदशील मानिने तीन वटा विभाग ६ महिनाभन्दा लामो समयदेखि नेतृत्वविहीन बनाइएको भन्ने विषय लगाएतका बुदाहरुमा ७ दिन भित्र स्पष्टिकरण बुझाउन भनिएको छ।
प्राधिकरण यो पटक अध्यक्ष अधिकारीलाई स्पष्टिकरण लिएर एकाउन्टेबल म्यानेजर हटाउने अन्तिम तयारीमा छ। हुन त अध्यक्ष अधिकारीलाई स्पिष्टकरण सोधेको यो पहिलो घटना भने हैन। २०८० बैंशाखमा पनि उनलाई तीन दिन भित्र स्पष्टिकरण मागेको थियो। बैंशाख २१ गतेपनि अध्यक्ष अधिकारीलाई प्राधिकरणले तपाईलाई किन एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने भन्ने प्रश्न सहित स्पष्टिकरण सोधेका थिए। त्यो बेला पनि प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले हटाउने अन्तिम तयारी गरेपनि पछि हटेका थिए। अहिले फेरि उनै अध्यक्ष अधिकारीलाई महानिर्देशक अधिकारीले स्पष्टिकरण सोधेर हटाउने तयारी गरेका छन्।
पटक पटक सुधार गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म कुनै उपलब्धी नभएपछि स्पष्टिकरण सोधिएको प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए। यस अघि सोधिएका स्पष्टिकरणहरुको जवाफमा अव आउने दिनमा सुधार गर्ने छु भनेर प्रतिबद्धा दिँदै आएका थिए। तर, प्राधिकरणले चाहेको जस्तो सुधार नभएको भन्दै कार्यकारी अधिकार खोस्ने तयारीमा लागेको प्राधिकरण श्रोतको भनाइ छ।
किन चाहन्छन् हटाउन
हुन त प्राधिकरणका महानिर्देशक अधिकारी र निगमका अध्यक्ष अधिकारी दुबैलाई संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नियुक्त गरेका हुन्। नियुक्तीको बेला सौहार्दपूर्वक वातावरण रहेका अधिकारी द्धयको सम्बन्धमा विस्तारै चिसो आउन थालेको थियो। खासगरी तत्कालिन मन्त्री आलेसँग निगमका अध्यक्ष अधिकारीको सम्बन्ध विग्रिएसँगै महानिर्देशक अधिकारी समेत रुष्ट बनेका थिए।
यो पनि पढ्नुहोस्
नेवानि अध्यक्ष अधिकारीको कार्यकारी अधिकार ‘खोस्न’ कानुनी छिद्र खोज्दै उड्डयन प्राधिकरण
उनै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई निलम्बन गरेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश लिएर काममा फर्किएका थिए। अदालतको आदेश लिएर काममा फर्किएपनि अध्यक्ष अधिकारीलाई पर्यटन मन्त्रालयले साथ भने दिएनन्। मन्त्री आले हुदासम्म मन्त्रालयमा हुने कुनैपनि बैंठकमा आमन्त्रण गरिदैन थियो। पछि मन्त्री आले बाहिरिएपछि भने मन्त्रालयमा सम्बन्ध सुधार भएको थियो। हुन त अध्यक्ष अधिकारीलाई नियुक्ती दिनुमा पूर्व मन्त्री आलेकै पार्टी एकिकृत समाजवादीको सिफारिस थियो। सो पार्टिका सम्मानित नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालको ठाडो आदेशमा नियुक्त भएका थिए।
अहिले पनि एकिकृत समाजवादी पार्टी सरकारमै छ। र, प्राधिकरणका महानिर्देशक अधिकारीको चाहना अनुसार अध्यक्ष अधिकारीलाई हटाउनका लागि त्यति सहज भने देखिदैन। हुन त अहिले पर्यटन मन्त्री माओवादीको भागमा रहेको छ। यस्तो बेलामा पर्यटन मन्त्रीले आफ्नो पार्टिका व्यक्तिहरुलाई कार्यकारी अध्यक्ष वा कार्यकारी अधिकार सहित महाप्रबन्धकमा नियुक्त गर्ने गरी अध्यक्ष अधिकारीको अधिकार खोस्न भने सक्छन्।
अध्यक्ष अधिकारीको कार्यशैलि प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल समेत सन्तुष्ट छैनन्। यसैको फाइदा उठाउदै आफ्नो पार्टि निकटका व्यक्तिहरुलाई नियुक्ती दिनका लागि अध्यक्ष अधिकारीको कार्यकारी पद खोस्ने तयारीमा प्राधिकरण लागेको देखिन्छ।