काठमाडौं। नबिल बैंकले ग्लोबल मनी वीक अवसरमा वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ। वित्तीय साक्षरता अभिवृद्धि गर्न बैंकले युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो।
मार्च १८ देखि २४ सम्म विश्वभर मनाइएको ग्लोबल मनी वीक अभियानअन्तर्गत बैंकले देशका सातै प्रदेशमा १९ सय बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो।
बैंकले युवालाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनुपर्छ र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने ध्येयले जागरुकता अभियान सञ्चालन गर्दै आएको छ। सातै प्रदेशमा सञ्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायत विषयमा विद्यार्थीलाई जानकारी गराइएको बैंकले जनाएको छ।
वित्तीय साक्षरता प्रोत्साहित गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा नबिल बैंकका शाखाले आयोजना गरेको कार्यक्रमबाट कोसी प्रदेशका ६७३ भन्दा बढी विद्यार्थीले लाभ लिएका थिए। मधेस प्रदेशका २२० विद्यार्थीले वित्तीय साक्षरता कक्षामा सहभागिता जनाएको बैंकले बताएको छ।
बागमतीका विभिन्न कलेजमा सञ्चालित गतिविधिबाट ४२५ बढी विद्यार्थी लाभान्वित भएका छन्। नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजित वित्तीय साक्षरता कार्यक्रममा करिब ३०० जना बैंकर्सका साथै सर्वसाधारण सहभागी थिए। लुम्बिनी प्रदेशका १३५ र सुदूरपश्चिम प्रदेशका १२० विद्यार्थीले बैंकले सञ्चालन गरेको साक्षरता कार्यक्रमबाट लाभान्वित भएका छन्।
बैंकका अनुसार कर्णाली प्रदेशमा करिब २४० जना विद्यार्थी लाभान्वित भएका छन्। बैंकको गण्डकी प्रदेशको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको हो। कक्षा ८ देखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीबीच २ तहमा उक्त प्रतिस्पर्धा गराइएको थियो।
अन्तिम नतिजा यसै साता घोषणा गरिने बैंकले बताएको छ। कार्यक्रमअन्तर्गत प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिने नबिल बैंक पोखरा शाखाले जनाएको छ। नबिल बैंकले वित्तीय साक्षरता विस्तार गर्न तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्न वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बैंकले हाल २६७ शाखा, २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।