काठमाडौं। बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक)हरुले ऋणीहरुसँग उठाउनुपर्ने ब्याज बक्यौता नै डेढ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। २०८० फागुनसम्म बैंक तथा वित्तीय संस्थाको १ खर्ब ५१ अर्ब १६ करोड रुपैयाँ पुगेको हो। गत वर्ष फागुनसम्म यस्तो बक्यौता १ खर्ब ९ अर्ब ९४ करोड रुपैयाँ थियो। पछिल्लो वर्ष मात्रै करिब ४१ अर्ब २१ करोड रुपैयाँ ब्याज बक्यौता थपिएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको फागुनसम्म वाणिज्य बैंकहरुको १ खर्ब ३० अर्ब १९ करोड, विकास बैंकहरुले, ९ अर्ब ६२ करोड र वित्त कम्पनीहरुको ११ अर्ब ३५ करोड रुपैयाँ ब्याज उठाउन बाँकी छ।
गत वर्षको फागुनसम्म वाणिज्य बैंकहरुको ९१ अर्ब ६२ करोड, विकास बैंकहरुको ७ अर्ब ८५ करोड र वित्त कम्पनीहरुको १० अर्ब ४७ करोड रुपैयाँ ब्याज बक्यौता थियो। गत वर्षदेखि नै अर्थतन्त्रमा आएको सुस्तताको प्रभाव बैंकिङ क्षेत्रका ऋणीमा पर्दा बैंकहरुको सञ्चित ब्याज बढेको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन्।
गत वर्षको फागुनसम्म वाणिज्य बैंकहरुको ९१ अर्ब ६२ करोड, विकास बैंकहरुको ७ अर्ब ८५ करोड र वित्त कम्पनीहरुको १० अर्ब ४७ करोड रुपैयाँ ब्याज बक्यौता थियो। गत वर्षदेखि नै अर्थतन्त्रमा आएको सुस्तताको प्रभाव बैंकिङ क्षेत्रका ऋणीमा पर्दा बैंकहरुको सञ्चित ब्याज बढेको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन्। ‘समग्र अर्थतन्त्र नै सुस्त रहेको अवस्थामा बैंकहरुको कर्जा असुली प्रभावित भएको छ,’ उनले भने, ‘ऋणीले कर्जाको ब्याज भुक्तानी नगरेपछि उठाउनुपर्ने ब्याज सञ्चितमा बसेकाले बैंकहरुको एनपिएल र सञ्चित ब्याज बढेको हो। ब्याज बक्यौता बढ्नु व्यक्तिगत बैंकसँगै समग्र अर्थतन्त्रका लागि जोखिम रहेको उनले औंल्याए। सञ्चित ब्याज बढी भएका बैंकहरुले कर्जा असुलीमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।
राष्ट्र बैंकले दिएको नियामकीय सहुलियतका कारण पनि बैंकहरुको सञ्चित ब्याज बढेको उनले बताए। आगामी चैत मसान्तसम्म यस्तो ब्याज थप बढ्ने अनुमान राष्ट्र बैंकको छ। ‘राष्ट्र बैंकले चैतसम्म १० प्रतिशत ब्याज असुल गरे पनि कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउने सुविधा दिएको छ,’ उनले भने, ‘यसको असर देखिँदा गत वर्षको भन्दा अहिले यस्तो ब्याज परिमाण बढेको हो। यस्तो सुविधाको म्याद अझै भएको हुँदा चैतमा थप सञ्चित ब्याज बढ्न सक्छ।’ पछिल्लो समय आर्थिक गतिविधिहरु बढ्दै गइरहेको हुँदा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा असुली राम्रो हुने र एनपिएलसँगै सञ्चित ब्याज घट्नसक्ने उनको अनुमान छ
बैंकहरुको बक्यौता ब्याज अवस्था (रू. दस लाखमा)
गत वर्षको फागुन मसान्तको तुलनामा चालु वर्षको फागुनमा वाणिज्य बैंकहरुमा ४२.०२ प्रतिशत, विकास बैंकहरुमा २२.५९ प्रतिशत र वित्त कम्पनीहरुमा ८.४२ प्रतिशतले सञ्चित ब्याज वृद्धि भएको हो। उक्त अवधिमा वाणिज्य बैंकहरुमा ३८ अर्ब ५६ करोड, विकास बैंकहरुमा १ अर्ब ७७ करोड र वित्त कम्पनीहरुमा ८८ करोड रुपैयाँ ब्याज थप भएको हो। गत वर्ष फागुनमा कुनै बक्यौता उल्लेख नभएको कुमारी बैंकको यो वर्ष फागुनमा एकैपटक १३ अर्ब ८४ करोड देखाइएको छ।
तर अन्य बैंकहरुको बक्यौता केलाउँदा हिमालयन बैंंकको सबैभन्दा बक्यौता थपिएको छ भने कम माछापुच्छ्रेको थपिएको छ। उक्त अवधिमा स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, राष्ट्रिय वाणिज्य र नेपाल बैंकको सञ्चित ब्याज १० करोड रुपैयाँदेखि १२ अर्ब १४ करोड रुपैयाँसम्मले घटेको छ। यस्तै विकास बैंकतर्फ सबैभन्दा बढी सञ्चित ब्याज महालक्ष्मी विकास बैंकको छ भने सबैभन्दा कम सिन्धु विकास बैंकको छ।
एक वर्षमा सबैभन्दा बढी गरिमा विकास बैंकमा १ अर्ब २९ करोड रुपैयाँ उठ्न नसकेको ब्याज थप हुँदा सबैभन्दा कम मितेरी विकास बैंकमा १ करोड रुपैयाँ थप भएको छ। चालु वर्षको फागुनसम्म वित्त कम्पनीहरुतर्फ सबैभन्दा बढी ब्याज नेपाल सेयर मार्केट फाइनान्स कम्पनीका ५ अर्ब २६ करोड रुपैयाँ छ भने सबैभन्दा कम नेपाल फाइनान्सको १ करोड ८२ लाख रुपैयाँ छ।