काठमाडौं। नेपाल राष्ट्र बैंकले एटिएम कार्डको शुल्क घटाउन आवश्यक प्रक्रिया सुरु गरेको छ। बैंक तथा वित्तीय संस्थाले एटिएम कार्डको शुल्कमा मनोमानी गर्दै आएपछि केन्द्रीय बैंकले यसलाई नियामकीय सीमाभित्र बाँध्न खोजेको हो।
बैंक तथा वित्तीय संस्थाले डेबिट, क्रेडिट, प्रिपेड र मास्टरलगायत एटिएम मेसिनमा प्रयोग हुने कार्डमा २५ सय रुपैयाँसम्म असुल गरेको तथ्यांकसहितको समाचार क्यापिटल नेपालले यसअघि नै प्रकाशित गरेको थियो। त्यसपछि राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले नेपालका बैंक तथा वित्तीय संस्थाले लिने एटिएम शुल्क र अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासमा लिइने शुल्कबारे कमिटी नै गठन गरेर अध्ययनसहितको प्रतिवेदन तयार गरेको थियो।
जसमा नीतिगत विश्लेषण तयार गर्न बैंकहरुसँग एटिएम कार्डको शुल्कबारे तथ्यांक माग्न सुरु गरिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग प्रमुख डा. गुणाकर भट्टले बताए। ‘बैंकहरुले लिने एटिएम शुल्कबारे हामीले अध्ययन गरिहेका छौं, जसका लागि बैंकहरुसँग तथ्यांक मागेका छौं,’ उनले क्यापिटल नेपालसँग भने, ‘एटिएम शुल्क व्यवस्थित बनाउने वा नयाँ आएको इन्स्ट्रुमेन्टले त्यसलाई विस्तावित गर्ने भन्ने विषयमा अध्ययन भइरहेको छ।
फिनटेक कम्पनीहरुले ल्याएका डिजिटल भुक्तानीले एटिएम कारोबार विस्तापित गर्दै लगिरहेकाले कार्ड शुल्कको विषयमा थप नियमन गर्न कति आवश्यक हो? भन्ने विषयमा समेत राष्ट्र बैंकले अध्ययन थालेको उनले बताए। यद्यपि एटिएम कार्डमा लिइने शुल्कमा बैंकहरुको मनोमानीबारे राष्ट्र बैंकले आवश्यक नियमनको पहल गरिसकेको डा. भट्टको भनाइ छ।
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले नेपालका बैंक तथा वित्तीय संस्थाले लिने एटिएम शुल्क र अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासमा लिइने शुल्कबारे कमिटी नै गठन गरेर अध्ययनसहितको प्रतिवेदन तयार गरेको थियो।
एटिएम कार्डका प्रकार र प्रयोग
नेपालमा बैंक तथा वित्त कम्पनीहरूले डेबिट, क्रेडिट, प्रिपेड र मास्टर कार्ड प्रयोगमा ल्याएका छन्। जसमध्ये डेबिट कार्ड वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र सहकारीहरूले पनि प्रयोगमा ल्याएका छन्।
डेबिट कार्ड : बैंक खातामा रहेको रकम झिक्न तथा भुक्तानी गर्न मिल्ने गरी ग्राहकको नाममा जारी भएको कार्ड डेबिड कार्ड हो। ग्राहकको खातामा रहेको रकम डेबिट कार्ड प्रयोग गरी एटिएम मेसिनमार्फत झिक्न सकिन्छ। विभिन्न सपिङ मल तथा व्यापारिक संस्थाले राखेका बैंकहरूको पोस मेसिनमार्फत यस्तो कार्ड ‘स्वाप’ गरेर भुक्तानी गर्न सकिन्छ। डेबिट कार्ड प्रयोगबाट विभिन्न प्रकारका खातामा रहेको रकम ग्राहकले प्रयोग गर्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
क्रेडिट कार्ड : ग्राहकको बैंक खातामा पैसा नभए पनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधासहितको कार्डलाई क्रेडिट कार्ड हो। यस्तो कार्डमा खर्च भएको रकम कार्डधारकले निश्चित समयपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई तोकिएको शुल्कसहित बुझाउनुपर्छ। जसमा बैंक तथा वित्तीय संस्थाले निश्चित अवधिसम्म निःशुल्क यस्तो सुविधा दिने गरेका छन् भने तोकिएको समयमा भुक्तानी नभएको पैसामा बैंकले ब्याज असुलेर पैसा फिर्ता लिन्छन्। यसको प्रयोग गरेर एटिएमबाट नगद निकाल्न सकिन्छ र वस्तु वा सेवा खरिद गर्दा पोस मेसिनका माध्यमबाट भुक्तानी गर्न सकिन्छ। नेपालमा अहिलेसम्म वाणिज्य बैंक र विकास बैंकहरूले मात्रै क्रेडिट कार्ड प्रयोगमा ल्याएका छन्।
प्रिपेड कार्ड : कार्डमै रकम जम्मा गरी नगद झिक्न तथा भुक्तानी गर्न सकिने गरी बैंक तथा वित्तीय संस्था वा अनुमतिपत्र प्राप्त संस्थाले जारी गरेको कार्ड प्रिपेड कार्ड हो। अहिले वाणिज्य र विकास बैंकहरुले मात्रै प्रिपेड कार्ड जारी गरेर विदेशी विनिमय कारोबार यस्तो कार्डमार्फत् गरिरहेका छन्। राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर वाणिज्य बैंकहरूले ग्राहकलाई प्रिपेड कार्ड अर्थात् डलर कार्ड सेवा दिइरहेका छन्।
मास्टर कार्ड : अन्तर्राष्ट्रियरूपमा प्रयोगमा ल्याउन सकिने एटिएम कार्डलाई मास्टर कार्ड भनिन्छ। ग्राहकले नेपालका बैंक तथा वित्तीय संस्थाको आफ्नो खातामा मौज्दात रकम मास्टर कार्ड प्रयोग गरी संसारको जुनसुकै देशका बैंकको मास्टर कार्ड प्रयोग हुने एटिएममार्फत पैसा झिक्न सक्छन्।
एटिएम कार्डको शुल्क
अधिकांश बैंकले यस्ता कार्ड भारत, चीन, सिंगापुरबाट आयात गर्छन्। बैंकहरूले यी देशमा निर्मित कार्ड आयात गर्दा बैंकिङ प्रणालीमा लिंक हुने ‘चिप’ र प्लास्टिकको कार्ड ल्याउँछन्। उक्त कार्डको चिपमा बैंकले खातावालाको विवरण ‘लिंक’ गरेर खातावालाको अन्य विवरणसहितको एटिएम कार्ड छपाएर ग्राहकलाई दिन्छन्। विदेशबाट आयात गरिने एटिएम कार्डमा बैंकले अनावश्यक विवरण राखेर प्रिन्ट गराउँदा शुल्क महंगो पर्न गएको एक बैंकर बताउँछन्। ‘इन्बोस्ट गर्ने एटिएम कार्ड पहिले भारतबाट मात्रै आयात हुन्थ्यो तर अहिले चिपवाला आउने भएर करिब १ सय ६५ रुपैयाँसम्म पर्छ,’ ती बैंकरले भने, ‘बाहिरबाट आउँदा प्लास्टिकको कार्ड र चिप आउँछ, खातावालाको नामलगायत अन्य विवरण यतै ल्याएर इन्बोस्ट गर्छौं।’
बैंकहरुले एटिएमको चिपमा खाता लिंक गरेपछि प्लाटिकको कार्डमा बैंकको लोगो, खातावालाको अन्य विवरण, फोटो क्यूआरलगायत छाप्दा लाग्ने खर्च अनुसार एटिएम कार्डको शुल्क निर्धारण गर्ने गरिएको उनले बताए।
‘ग्राहकलाई कार्ड तत्कालै चाहिने भए, जस्तो आयात भएको हो त्यस्तै कार्ड खातामा लिंक गरेर पनि बैंकहरुले दिने गरेका छन्, त्यसमा खर्च भनेको ढुवानी मात्रै हो,’ उनले भने, ‘अनावश्यक विवरण राखेर कार्ड आकर्षक बनाएर प्रिन्ट गर्दा नै त्यसको भार प्रयोगकर्तालाई परेको हो।’ बैंकहरूले विदेशबाट आयात गर्दा कम्पनीअनुसार यसको मूल्य पनि फरक पर्छ। तर, नेपालमा बैंकले निर्धारण गर्ने एटिएम शुल्कमा भने १ हजार ५ रुपैयाँसम्मको फरक परेको देखिन्छ।
वाणिज्य बैंकका एटिएमको मूल्य अवस्था
नेपालको विद्युतीय भुक्तानी कारोबारमध्ये डेबिट कार्डको प्रयोग र कारोबार बढी छ। बैंक तथा वित्तीय संस्थाहरुले जारी गर्ने यस्तो कार्डको अवधि ३ वर्षदेखि ५ वर्षसम्मको हुन्छ। यस्तो कार्डको शुल्क बैंकहरुले एकमुष्ठ र वार्षिक किस्ता दुवै तवरले तोकेर लिने गरेका छन्। यस्तो कार्डको ग्राहकलाई बैंकहरुले पहिलो वर्ष सेवाशुल्क र अन्य शुल्कसहित कार्ड शुल्क लिन्छन्।
कार्डको समाप्त मितिसम्म हरेक वर्ष किस्तामा कार्डको शुल्क मात्रै लिन्छन्। बैंकहरुले आफ्नो वेवसाइटमा राखेको एटिएम कार्ड शुल्कअनुसार वाणिज्य बैंकहरुले एउटा डेबिट कार्डको मूल्य १ हजार रुपैयाँदेखि २५ सयसम्म र क्रेडिट कार्डको मूल्य १६ सयदेखि ७५ सय रुपैयाँसम्म लिइरहेका छन्।
कुन बैंकको कार्ड शुल्क कति?