काठमाडौं। सेन्चुरी बिजनेस ग्रूपले विराटनगरमा निर्माण गरिरहेको पाँचतारे होटल र्याडिसन सन् २०२५ को मार्चभित्र सञ्चालनमा आउने भएको छ। सन् २०२४ भित्रै सञ्चालनमा ल्याउनेगरी तयारी भए पनि आर्थिक मन्दीका कारण एक वर्ष ढिलाइ भएको हो। ग्रूपका अध्यक्ष मोतिलाल दुगडले आर्थिकमन्दीका कारण अहिले होटल सञ्चालन गर्न सक्ने स्थिति नरहेको जानकारी दिए।
मुलुकभित्र जारी आर्थिक मन्दीको कारण अहिले नै होटल सञ्चालन गर्न सक्ने स्थिति नरहेकोले एक वर्षपछि अवस्था सहज हुने अनुमानका साथ तयारी थालिएको उनले बताए। पछिल्लो समय पर्यटक आगमन बढ्न थालेको भन्दै २०२५ को मार्च देखि अप्रिल भित्रमा सञ्चालनमा आइसक्ने उनको भनाइ थियो। पूर्व उद्योग राज्यमन्त्री समेत रहेका दुगडले र्याडिसन निर्माणका लागि २०७९ साल साउनमा सम्झौता गरेका थिए। सम्झौताका बेला १८ महिनापछि सञ्चालनमा आउने घोषणा गरिको थियो। नेपालमा योसँगै र्याडिसनको दुई वटा चेन होटल हुने छ। मलसहित ३ अर्ब रुपैयाँमा निर्माण भइरहेको सो होटलमा क्यासिनो, सिनेमा हल, स्वीमिङ पुल, सपिङ मल, वाटरपार्क, साँझको बजार आदि हुनेछन्।
यो कम्पनीले यसअघि विराटनगरमै चारतारे होटल हेरिसन सञ्चालन गरिरहेको छ। र्याडिसन होटल विराटनगरको पहिलो पाँचतारे हुनेछ। सेन्चुरी ग्रूप अफ कम्पनी नेपालमा तरकारी मसला बिक्रीका लागि चर्चित छ।
विराटनगरको भाटभटेनी सुपरमार्केटनजिकै निर्माण भएको उक्त होटलमा १२५ कोठा हुनेछन्। होटल सबै हिसाबले सुविधा सम्पन्न रहने बताइएको छ। १ सय पसल, मिटिङ हल, नेपालको सबैभन्दा ठूलो १० हजार फीट स्क्वायरको बैंक्वट हल दुइटा रहने ग्रूपको भनाइ छ। २ बिगाहा क्षेत्रफलमा निर्माण भइरहेको होटल सञ्चालनमा आएपछि नेपाली उत्पादनलाई चिनाउने ठूलो माध्यम बन्ने विश्वास लिइएको छ। होटल सञ्चालनमा आएपछि त्यस आसपासमा हुने ठूला विवाहहरु र ठूला समारोहका लागि धेरै सहज हुने विश्वास लिइएको छ।
पछिल्लो समय त्यस क्षेत्रका धेरै उद्योगी व्यापारी विवाहका लागि भारतका विभिन्न ठाउँमा जाने गरेका छन्। अब र्याडिसन होटल सञ्चालनमा आएपछि स्तरीय होटलको खोजीमा भारतलगायत अन्य मुलुक जानुनपर्ने अध्यक्ष दुगडको दाबी छ। मसला उत्पादन गर्ने नेपाली उद्योग सेन्चुरी ग्रूप अफ कम्पनीले शिक्षा, राजनीति, उद्योग, व्यापार र पर्यटनको हबको रुपमा रहेको विराटनगरमा पाँचतारे होटलको अभाव पूर्तिका लागि परियोजनामा लगानी गरेको उनको भनाइ छ।
यो कम्पनीले यसअघि विराटनगरमै चारतारे होटल हेरिसन सञ्चालन गरिरहेको छ। र्याडिसन होटल विराटनगरको पहिलो पाँचतारे हुनेछ। सेन्चुरी ग्रूप अफ कम्पनी नेपालमा तरकारी मसला बिक्रीका लागि चर्चित छ।