काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं विद्युतीय उपकरणमा अग्रणी कम्पनी इओएल प्रालिले ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलर सहभागी कार्यक्रममा नयाँ सिजी चिम्नी र एलईडी बल्ब बिक्री सुरु भएको घोषणा गरेका छन्।
कार्यक्रममा सिजी ब्रान्डका चार नयाँ मोडलका चिम्नी सिजीसिटी९० एफएलडिसी, सिजीसिटी७५ एफएलडिसी, सिजीसिटी९० डिबीडिएक्स र सिजीसिटी७५ वाईसी आधिकारिक रूपमा अनावरण गरिएको छ।
यी चिम्नी ह्याक फिल्टरलेस सिरिजमा ९० सेमि र ७५ सेमिमा उपलब्ध हुने कम्पनीले जनाएको छ। १२५० एम३÷एचआरको उच्च सक्सन पावर, अटो क्लिन टेक्नोलोजी र मोसन सेन्सर, उत्कृष्ट फिचरयुक्त चिम्नी २६,५९० र २५,७९० रुपैयाँ मूल्य तोकिएको छ।
कम्पनीका अनुसार ह्याक फिल्टर शृंखलामा, सिजीसिटी९० डिबीडिएक्स मोडल सिजीसिटी९० डिबीको लोकप्रियतालाई निरन्तरता दिँदै सक्सन पावरलाई १३५० एम३÷आवरमा अपग्रेड गरेर लन्च गरिएको छ। यसमा बाफल फिल्टर, अटो क्लिन टेक्नोलोजी, टेम्पर्ड ग्लास र टच/मोसन कन्ट्रोललगायत सुविधा छन्। यसको मूल्य २९,१९० रुपैयाँ छ।
तीनवटै मोडलका मोटरमा ५ वर्षको वारेन्टी राखिएको छ। बिक्री सुरु गरिएको चौथो मोडल सिजीसिटी७५ वाईसीको मूल्य २२,३९० रुपैयाँ पर्छ। यसमा उच्च सक्शन पावर, टच र मोसन कन्ट्रोलसहितको बाफल फिल्टर र ७५ सेमिमा उपलब्ध छ। यसको मोटरमा २ वर्षको वारेन्टी छ।
विद्युतीय सामाग्रीमा, ५ घन्टा ब्याट्री ब्याकअप, द्रुत चार्जिङ, २२०० महाहर्ज ली–आईवन ब्याट्री, उच्च पीएचफजस्ता उत्कृष्ट सुविधा भएको ९ वाट इमर्जेन्सी बल्ब पहिलो पटक उक्त कार्यक्रममा अनावरण गरिएको छ। यसमा १२ महिने वारेन्टी र फ्री होल्डरसहित उपलब्ध गराइने। यसको मूल्य ७५० पर्छ।
पन्त र सिजी इलेक्ट्रिकबीचको सहकार्यले ग्राहक प्रेरित गर्न, विद्युतीय उपकरण र नवीकरणीय ऊर्जा क्षेत्रमा ब्रान्डको स्थितिलाई बलियो बनाउन मद्दत गर्दै आएको कम्पनीले बताएको छ। पन्त एक वर्षदेखि सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर रहेकी छन्।