काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि पाँच जनाको नाम सर्टलिस्ट गरिएको छ। सिफारिस समितिले बोर्ड अध्यक्षका लागि पाँच जनाको नाम सर्टलिस्ट गरेको हो।
बोर्डका कार्यकारी निर्दशक डा. नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र डा. विमलकुमार तिवारी सर्टलिस्टमा परेका छन्।
अध्यक्षका लागि आवेदन माग भएपछि १९ आवेदकले आवेदन दिएका थिए। ती आवेदकबाट पाँच जनाको नाम सर्टलिस्ट गरिएको हो।
बोर्ड अध्यक्षका लागि नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय अधिकारी, श्रेष्ठ र कृष्ण पोखरेल, नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर अधिकारीले आवेदन दिएका थिए।
यस्तै, नेप्सेका सीईओ कृष्णबहादुर कार्की, नेप्सेकी कर्मचारी प्रवीण पन्दाक, सन्तोषनारायण श्रेष्ठ, डा. गोपालप्रसाद भट्ट, निरज गिरि, डा. रघुराज काफ्ले, डा. केशवप्रसाद श्रेष्ठ, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. विमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्यालले आवेदन दिएका थिए।