काठमाडौं। कुमारी बैंकले ग्लोबल मनी वीक अवसरमा नवीनतम डिजिटल उपकरण रिकरिङ निक्षेप क्याल्कुलेटर सेवा सुरु गरेको छ।
ग्लोबल मनी वीक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो, जसले युवालाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउने, वित्तीय चुनौती पहिचान र समाधानका उपाय सिकाउने गर्दछ। कुमारी बैंक पनि यो अभियानमा जोडिएको छ।
प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकलाई निश्चित रिकरिङ निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्ने बैंकको विश्वास छ।
क्याल्कुलेटरले उन्नत एल्गोरिदम प्रयोग गर्छ, जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधि र रकम मात्र राखेर यसबाट निश्चित भविष्यमा जम्मा हुन सक्ने बचत, बचतबाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावना अनुमान गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले रिकरिङ निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै आएको छ भने बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरण जस्तै, इएमआई क्याल्कुलेटर पनि उपलब्ध भएको गराइएको छ।
रिकरिङ निक्षेप क्याल्कुलेटर निःशुल्क प्रयोग गर्न बैंकको वेबसाइटमा जानुपर्नेछ। यो सुविधा छिट्टै मोबाइल एपमा पनि उपलब्ध हुने बैंकले जनाएको छ।
बैंकले हाल ३०२ शाखा, ३१४ एटीएम, ६५ शाखारहित इकाइ तथा ५१ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।