काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थुनामा राखेको १० जना बैंकर थुनामुक्त भएक छन्। सिआइबीले कर्जा दुरुपयोग गरेको आरोपमा तत्कालिन सेञ्चुरी कर्मसियल (प्रभु) बैंकका १० जना बैंकरलाई अनुसन्धानका लागि १७ दिन थुनामा राखेर रिहा गरेको हो।
सेञ्चुरी बैंकका पूर्व सिइओ, डिसिइओ सहित १० जना कर्मचारीलाई गत फागुन १५ गते सिआइबीले प्रक्राउ गरी अनुसन्धान तथा छानबिनका लागि भन्दै थुनामा राखेको थियो। सिआइबीले देउराली सहकारी संस्थाका सञ्चालक रबिन्द्र चौलागाईलाई सेञ्चुरीले धितो मूलायंकन भन्दा ४७ प्रतिशत बढी कर्जा दिएको भन्दै कर्जा दुरुपयोगको अभियोगमा कर्जा प्रवाह प्रक्रियामा संलग्न बैंकका सबै कर्मचारीलाई प्रक्राउ गरेको हो।
सिआइबीले कर्जा दुरुपयोगबारे अनुसन्धान गर्न बैंकरलाई थुनामा राख्न उच्च अदालत पाटनबाट पटक पटक गरी म्याद थप गर्दै १७ दिन थुनामा राखेर बयान लिँदै छानबिन गरिरहेको थियो। आदालतबाट बैंकरलाई आइतबारसम्म थुनामा राख्न पाउने म्याद पाएको भएपनि अनुसन्धान लामो चल्ने भएपछि दैनिक हाजिरी जमानीमा थुना मुक्त गरिएको सिआइबीका प्रवक्ता होविन्द बोगटीले बताए।
‘उहाँहरुलाई आजदेखि दैनिक हाजिर जमानीमा छोडिएको छ,’ सिआइबी प्रवक्ता बोगटीले क्यापिटल नेपालसँग भने, ‘राष्ट्र बैंके विज्ञ टोली सहित अनुसन्धान भइरहेको छ, अनुसन्धान धेरै दनसम्म चल्ने भएपछि बैंकर्स संघ र परिवारका सदस्यहरुको जमानीमा उहाँहरुलाई छोडिएको हो।’
सिआइबीले थुनामा राखेको बैंकरलाई बिहान १० बजे उपस्थित भएर कार्यालय समयभर अनुसन्धानमा सहभागी हुने गरी बैंकरलाई थुनामुक्त गरेको उनले बताए। ‘उहाँहरु निर्दोष सबित भएर थुना मुक्त गरिएको भने होइन, राष्ट्र बैंकको विज्ञ टिम सहित अनुसन्धान जारी छ, अनुसन्धानको प्रतिवेदन अदालतमा पेश गरेपछि अदातलको निर्णयले नै उहाँहरुलाई दोषी वा निर्दोष करार गर्छ’ उनले भने।
तत्कालिन सेञ्चुरी बैंकले २०७७ सालमा देउराली सहकारी संस्थाका सञ्चालन चौलागाई र उनका एकाघर परिवारका नममा रहेको कम्पनीलाई विभिन्न स्थानमा रहेको जग्गा धितो राखेर २ अर्ब ११ करोड रुपैयाँ बढी कर्जा दिएको थियो। जसमध्ये ९९ करोड रुपैयाँ धितोले नखाम्ने रहेको भन्दै कर्जाको दुरुपयोग सम्बन्धी कसुर छानबिनको लागि सिआइबीले प्रभु बैंकका वहालवाला र सेञ्चुरी बैंकका पुर्व कर्मचारीलाई प्रक्राउ गरेको थियो।