५ मार्चमा केही समय फेसबुक र सोही समूहका अन्य एप्सहरू नचल्दा देशैभर हल्लीखल्ली मच्चियो। धेरै सञ्चारका माध्यमहरूले त्यसलाई निकै महत्त्वका साथ स्थान पनि दिए। युवायुवती, गृहणी, कर्मचारी विद्यार्थी अझ भनौं सर्वसाधारण नेपालीको छटपटाहट देख्दा तिनको दैनिकी, जीवन र खुसीको सञ्जीवनी ती एप्सहरू पो हुन् झैं लाग्थ्यो। गुगलमा नेपालमा फेसबक प्रयोगकर्ता कति छन् भनेर खोजी गर्दा जनवरी २०२३ सम्म करिब १ करोड ३६ लाख भन्ने आँकडा आयो। यीमध्ये ५७.३३ प्रतिशत पुरुष र ४२.६७ प्रतिशत महिला रहेछन्। त्यस्तै, इन्स्टाग्राममा २१ लाख ५० हजार, लिंकदेनमा १२ लाख र ट्वीटरमा साढे ५ लाख हाराहारी प्रयोगकर्ता रहेको तथ्यांक भेटिन्छ। नेपालमा सामाजिक सञ्जालमध्ये सबैभन्दा धेरै वर्चस्व फेसबुककै रहेको छ। देशको जनसंख्याको आधाआधी संख्या यसैको (कु)लतमा वशीभूत भइसकेका रहेछन्। अनि किन देशमा कोलाहल नमच्चियोस्!
२०२३ जनवरीको तथ्यांकले जनसंख्याको आधारमा हाम्रो देशको डिजिटल प्रविधिको पहुँच र प्रयोगको अवस्था निम्न रहेको देखाएको छ :
प्रविधिको विकास र उपलब्धताले नेपालका डाँडाकाँडाभरि नै अग्लाअग्ला टेलिकमका टावर देख्न पाइन्छ। फलस्वरुप मोबाइलको पहुँचले जनसंख्यालाई नै उछिनेको छ। अत्याधूनिक मानिएको फाइभजीको सँघारमा हामी पुगेका छौं। नेपालका दुई ठूला टेल्को कम्पनी नेपाल टेलिकम र एनसेलले गत आर्थिक वर्षमा मात्रै ७५ अर्बभन्दा बढीको व्यापार गरेका थिए।
नेपालको कुल जनसंख्यालाई उमेरका आधारमा हेर्दा निम्न किसिमको मिश्रण देखिन्छः
भर्खर जन्मेका शिशुदेखि २४ वर्षसम्म उमेरकाले कुल जनसंख्याको करिब ५० प्रतिशत हिस्सा ओगटेका छन्। नेपालमा यी उमेरकाहरू प्रायः आफना अभिभावकको कमाइमा आश्रित हुन्छन्। यिनै उमेरकाहरू इन्टरनेट, सामाजिक सञ्जाल र प्रविधिका अन्य संयन्त्रमा बढी क्रियाशील हुन्छन्। यिनको क्रियाशीलताको धेरै समय खर्चको दाँजोमा अनुत्पादक कर्ममा खेर गइरहेको हुन्छ। हिजोआज त यी उमेरका हरेक तेस्रो युवा बिदेसिने क्रममा भेटिन्छन्। ५४ वर्षसम्म उमेरकाले कुल जनसंख्याको करिब ८७.५ प्रतिशत हिस्सा ओगटेका छन् र यो नै नेपालको सबैभन्दा सुन्दर पक्ष हो। यसै कारणले नेपाललाई युवा जनशक्तिको देश भनिन्छ। तर, हामी हाम्रो त्यही शक्तिको उच्चतम उपयोगमा चुक्दा विश्व मानचित्रमा झन्झन् पछाडि धकेलिँदै जान थालेका छौं। पारदर्शी मार्गचित्र अभावमा देश दशकौंदेखि दिशाहीन यात्रामा अघि बढिरहेको छ।
भर्खर जन्मेका शिशुदेखि २४ वर्षसम्म उमेरकाले कुल जनसंख्याको करिब ५० प्रतिशत हिस्सा ओगटेका छन्। नेपालमा यी उमेरकाहरू प्रायः आफना अभिभावकको कमाइमा आश्रित हुन्छन्। यिनै उमेरकाहरू इन्टरनेट, सामाजिक सञ्जाल र प्रविधिका अन्य संयन्त्रमा बढी क्रियाशील हुन्छन्।
अध्ययनअनुसार सामाजिक सञ्जालमा औसतमा विश्वका मानिसले दैनिक २ घन्टा ३० मिनेट खर्चिन्छन्। नेपालीको पनि औसत दिनचर्या सामाजिक सञ्जालमा विश्व औसतमै रहेको छ। नेपालमा विभिन्न सामाजिक सञ्जालका करिब १ करोड २६ लाख क्रियाशील प्रयोगकर्ता रहेको तथ्यांक छ। यिनले दैनिक १० सञ्जाल चलाउन खर्चिन्छन् भनेर मान्दा पनि दैनिक १२ करोड ६० लाख, मासिक ३ अर्ब ७८ करोड र वार्षिक ४५ अर्ब ३६ करोड खर्चिंदा रहेछन्। यो भनेको १ मेगावाट जलविद्युत् उत्पादन गर्न १५ करोड खर्च लाग्छ भनेर मान्दा करिब ३०२ मेगावाट जलविद्युत् आयोजना सम्पन्न गर्न पुग्ने पैसा हो। वार्षिक ३०० मेगावाट बिजुली उत्पादन गर्न पुग्ने पैसा हामीले सामाजिक सञ्जालमा फोटो पोस्टाएर, भिडियो राखेर, भडाँस पोखेर, शुभकामना दिएर, सामाजिक सद्भाव खलबलाएर, अर्थ न बर्थको टिप्पणी लेखेर, राम्रा विचार पोखेर आदि÷इत्यादि गरेर उडाउने रहेछौं।
तथ्यांकलाई हेर्दा विश्वभरि नै सामाजिक सञ्जालको प्रभाव बर्सेनि बढ्दै गइरहेको पाइन्छ। सन् २०२३ जनवरीको आँकडा यस्तो छ :
सन् २०१५ मा विश्व जनसंख्या करिब ७ अर्ब ३० करोड हुँदा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या २ अर्ब ८ करोड थियो। ८ वर्षको अन्तरालमै ७१ करोड जनसंख्या बढ्दा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या करिब १३० प्रतिशतले बढेर ४ अर्ब ७६ करोड पुगेको देखिन्छ । अर्थात्, विश्व, सामाजिक सञ्जालरुपी महामारीबाट आक्रान्त हुँदै गएको तथ्यलाई नकार्न सकिँदैन ।
अध्ययनले देखाएको अझ डरलाग्दो पक्ष भनेको जेनेरेसन जेड (Gen z) अर्थात् सन् १९९० पछि जन्मिएकाहरू, जसको संख्या नेपालको कुल जनसंख्याको दुई तिहाइ छ, जसलाई प्रविधिमैत्री युवाहरू भनिन्छ, तिनले सामाजिक सञ्जालमा दैनिक कम्तीमा ४ घन्टा र मोबाइलमा दैनिक कम्तीमा ७ घन्टा बिताउने गरेको तथ्य हो। विकसित भन्दा अविकसित, अल्पविकसित र विकासोन्मख देशकाहरूले धेरै समय सामाजिक सञ्जालमा खर्चिने गरेको पाइएको छ।
प्रविधिको विकास र उपलब्धताले नेपालका डाँडाकाँडाभरि नै अग्लाअग्ला टेलिकमका टावर देख्न पाइन्छ। फलस्वरुप मोबाइलको पहुँचले जनसंख्यालाई नै उछिनेको छ। अत्याधूनिक मानिएको फाइभजीको सँघारमा हामी पुगेका छौं। नेपालका दुई ठूला टेल्को कम्पनी नेपाल टेलिकम र एनसेलले गत आर्थिक वर्षमा मात्रै ७५ अर्बभन्दा बढीको व्यापार गरेका थिए।
यसको प्रयोगबाट केहीले कमाइ गरेका पनि होलान् तर सिर्जनशीलतालाई क्रमशः मार्दै गइरहेको, फजुल खर्चलाई बढावा दिइरहेको, उत्पादनशीलतामा कुनै योगदान नगर्ने, आममान्छेका लागि नशा बन्दै गएको, समयको पाबन्दी नरहेको, सद्भाव खलबलाउने, मनोविकार बढाउँदै गइरहेको, नियमन गर्न ग्राह्यलगायतका कारणले यसको विस्तार जुन रुपमा भएको छ, त्यसबारे बेलैमा सचेत भइएन भने केही दशकमा यो देशका लागि, अर्थतन्त्रका लागि, समाजका लागि, व्यक्ति व्यक्तिका लागि महामारी बन्ने लगभग निश्चितजस्तै छ, त्यो पनि उपचारविहीन, औषधीविहीन र अन्त्यविहीन।