काठमाडौं । सकेसम्म मोटरसाइकलमा यात्रा गर्ने रुचाउने ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति नेपालमा बनेको पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ किन्ने पहिलो ग्राहक बनेका छन् । त्यसो त उनी नेपालमा होन्डाको मोटरसाइल तथा स्कुटुर बिक्री गर्ने आधिकारीक बिक्रेता कम्पनीका मालिक पनि हुन् ।
मोटरसाइल बिक्री, राइडिङसँगै उनको एउटा अचम्मको सौख छ, दुई पाङ्ग्रे सवारी साधान संकलन गर्दै म्यूजियम नै बनाउने । बजारमा देखिएका नयाँ मोडलका बाइक गर्ने र पुराना मोटरसाइकल म्यूजियममा राख्ने गरेका ज्योतिले पहिलो नेपाली उत्पादन नकिन्ने कुरै भएन ।
सन् १९६९ साल देखिका बाइक जम्मा गर्दै आएका ज्योतिले यात्री मोटरसाइल बुकिङ गर्दै आफ्नो ग्यालरीमा नयाँ स्वदेशी उत्पादन थपिाएको भन्दै खुसी ब्यक्त गरे । नेपाली युवाहरुलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनलाई स्थापित गर्न प्रोत्साहनका लागि पनि यात्री आफ्नो रोजाईमा परेको उनको भनाइ छ । उनीसँग होण्डाको १००० सिसीको सिवीआर रेसिङ, अर्को सिवीआर १००० आरआर, इटालियन स्ट्रिट बाइक सिबी १००० आर, सिवीआर २५० देखी पुराना धेरै बाइक छन् ।
प्राय पुराना बाइकहरु किनेर स्टोर गर्ने उनको रुची छ । हाल ड्याक्स ७०, १९७७ को बेन्ली एस ११०, १९७८ को सिटी ९० स्ट्रिट बाइक रहेको बताए । ज्योति ग्रुपका निर्देशकले यात्रीको बुकिङ गरेसँगै नेपाली उत्पादनलाई थप हौसला मिलेको कालिका ग्रुपका निर्देशक निकोलस पाण्डेको भनाइ छ । नेपालमै हुने उत्पादनलाई सरकारले राजश्वमा केहि छुट दिन आवश्यक रहेको उनी बताउछन् । हाल यात्रीको भने मुल्य निर्धारण गरिएको छैन् । ‘तर, यसको मुल्य ८ लाख भन्दा बढि पर्न सक्छ,’ पाण्डेले भने ‘मार्चमा नयाँ मुल्य सार्वजनिक गर्छौ ’ ।
यात्री मोटरसाइकल निर्माणमा ७ जनाको कोर टिम छ । जसमा ६ जना इन्जिनियर रहेका छन् । विभिन्न मुलुकमा इन्जिनियरिङ्गमा स्नातक गरेका र ठूला कम्पनीमा काम गरेर आएको टिम रहेको छ । कम्पनीले यात्री मोटरसाइकलको पहिलो परियोजना प्रोजेक्ट जीरोलाई घरेलु बजारमा बिहिबार सार्वजनिक गरेको हो । २ वर्षसम्म कम्पनीले निरन्तर काम गरेर यात्री मोटरसाइकललाई बजारमा उतारेको हो । प्रोजेक्ट जिरो एक प्रिमियम इलेक्ट्रिक मोटरसाइकल हो । जुन सहरी वातावरणमा इलेक्ट्रिक पावरट्रेनका फाइदाहरु प्रदर्शन गर्न डिजाइन गरिएको हो ।
प्रोजेक्ट जिरो साठीको दशकको क्याफे रेसर डिजाइनबाट प्रभावित रहेको छ । सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीका लागि डिजाइन गरेर निर्माण गरिएको यात्री पावरफुल र बोल्ड रहेको कम्पनीले जनाएको छ । मोटरसाइकलले एक पटकको फुल चार्जमा २ सय ३० किलोमिटर यात्रा गर्न सकिन्छ । यसमा ३० किलोवाट ब्याट्री क्षमता रहेको जसले ४० हर्सपावर बराबरको काम गर्छ ।
याे पनि पढ्नुहाेस्
सात नेपालीको समुहले नेपालमै बनाए इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’