काठमाडौं। नेपालमा निशान गाडीका अधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशान म्याग्नाइटको स्मार्ट इडिसन संस्करण(भेरियन्ट) सार्वजनिक गरेको छ।
नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो बिग, बोल्ड, ब्युटिफुल र कारिज्माटिक एसयूभी–निशान म्यागनाइट अब नयाँ स्मार्ट÷नवीन तथा आरामदायी सुविधासहित उपलब्ध गराइएको हो।
निशान म्याग्नाइट स्मार्ट इडिसन, मार्च महिनाभरि (१ मार्च देखि ३१ मार्च २०२४ सम्ममा) खरिद गर्दा विशेष छुटका साथ आकर्षक मूल्यको लाभ लिन सकिनेछ। गाडी खरिदमा ग्राहकले विभिन्न लाभ समावेश गरी जम्मा ३,१६,१९६ सम्मका फाइदा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। यी सुविधामा केही नियम र सर्त भने लागू हुनेछन्।
निशान म्याग्नाइट स्मार्ट इडिसनमा अतुलनीय मनोरञ्जनका लागि नयाँ ८ इन्चको टच स्क्रिन नेभिगेसन डिस्प्ले उपलब्ध छ। ढुक्कले ड्राइभिङ गर्न सक्षम बनाउने फग लाइट समावेश गरिएका छन्। स्मार्ट एलइडी िडआरएलले कारको डिजाइनमा सुन्दरता थप्छ। एलोय ह्विल, मस्कुलर लाइन र डायनामिक स्टाइल डिजाइनले गर्दा यो गाडी हरेक कोणबाट आकर्षक र बोल्ड देखिने कम्पनीको दाबी छ।
वायरलेस चार्जर हुँदा ड्राइभको आनन्द लिँदै सजिलै मोबाइल चार्जमा राख्न सकिन्छ। निशान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेका अनुसार निशान म्याग्नाइट स्मार्ट इडिसन गाडीले गाडीको निरन्तर इनोभेसन(नवप्रवर्तन)द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्यलाई झल्काउँछ।
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार नयाँ म्याग्नाइट स्मार्ट इडिसन स्मार्ट, सरल र आधुनिक अनुभव खोज्ने नेपाली उपभोक्ताका लागि उपयुक्त छ।
निशान म्यागनाइट एएमटी चाँडै देशव्यापी रुपमा उपलब्ध हुने तयारीमा छ। पायोनियर मोटोकर्पले ग्राहकलाई नजिकको निशान सोरुममा सम्पर्क गरी नयाँ एएमटी भेरियन्टमा ड्राइभिङ अनुभव लिन आग्रह गरेको छ।
निशान म्याग्नाइट स्मार्ट इडिसन, देशव्यापी विभिन्न निशान डिलरसिपमा उपलब्ध छ। पायोनियर मोटोकर्पले सर्बै ग्राहकलाई नजिकको निशान सोरुममा सम्पर्क गरी नयाँ इडिसनको अनुभव गर्न र नयाँ योजनाका छुट एवं फाइदाको लाभ लिन अनुरोध गरेको छ।
पायोनिर मोटोकर्प र निशानबारेमा
पायोनियर मोटोकर्प प्रालि नेपालको लागि निशान गाडीको एकमात्र आधिकारिक बिक्रेता हो । कम्पनीले निशानको सम्पूर्ण मोडलका गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ।
निशान मोटोकर्प लिमिटेड वा निशान, जापानको योकोहामाको निशी–कुमा मुख्यालय रहेको बहुराष्ट्रिय अटोमोबाइल(गाडी) निर्माता हो। कम्पनीले निशान र इन्फिनिटी ब्रान्डका कार निस्मो नामक इन–हाउस पर्फर्मेन्स ट्युनिङ उत्पादनअन्तर्गत बिक्री गर्दछ ।