काठमाडौं। पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्यामा भारी कटौती भएको छ। वैदेशिक रोजगार विभागका अनुसार गत वर्षको ७ महिनामा भन्दा यस वर्षको ७ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजार २ सय ७८ जनाले कमी आएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै त्यसको सिधा असर विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा परेको छ।
चालू आर्थिक वर्षको माघसम्म कामको खोजीमा विदेशिनेको संख्या ४ लाख ८ हजार ५ सय ५२ जना छ। गत वर्ष माघसम्म ४ लाख ७८ हजार ८ सय ३० जना कामको खोजीमा बाहिरिएका थिए। कोभिड–१९ महामारी सकिएसँगै कामको खोजीमा विदेश जानेको संख्या ह्वात्तै बढ्न थालेको चालू वर्ष लागेसँगै घट्ने क्रम सुरु भएको हो।
चालू वर्ष मंसिरसम्म रेमिट्यान्स वृद्धिदर २४.५ प्रतिशत (अमेरिकी डलर) रहेकोमा पुससम्म २२.६ प्रतिशत र माघसम्म १९.१ प्रतिशतमा खुम्चिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघसम्म रेमिट्यान्स ६ अर्ब ३१ करोड अमेरिकी डलर पुगेको छ।
चालू वर्ष मंसिरसम्म रेमिट्यान्स वृद्धिदर २४.५ प्रतिशत (अमेरिकी डलर) रहेकोमा पुससम्म २२.६ प्रतिशत र माघसम्म १९.१ प्रतिशतमा खुम्चिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघसम्म रेमिट्यान्स ६ अर्ब ३१ करोड अमेरिकी डलर पुगेको छ। गत वर्ष माघसम्म रेमिट्यान्स वृद्धिदर १६.४ प्रतिशत थियो। माघसम्मको रेमिट्यान्स वृद्धिदर विगत ४ महिना यताकै कम हो।
चालू आर्थिक वर्ष २०८०÷८१ को साउनमा रेमिट्यान्स वृद्धिदर २१.५ प्रतिशत रहेकोमा भदौसम्म १७.७ प्रतिशत थियो। तर, असोजसम्म २५.९ प्रतिशत रहेको रेमिट्यान्स वृद्धिदर कात्तिकसम्म २३.१ प्रतिशत पुगेको थियो। हुन त रेमिट्यान्स वृद्धिदर सँधै एकैनास वा बढ्दो क्रममा मात्रै हुनुपर्छ भन्ने हुँदैन। रेमिट्यान्स वृद्धिदर घटबढ हुनुमा विभिन्न आन्तरिक तथा बाह्य कारकहरुले भूमिका खेलेको हुन्छ।
पछिल्लो समय बैंकको ब्याजदर कम हुँदै गएको छ। सुनको मूल्य बढिरहेको छ। अर्कोतर्फ बिटक्वाइनको मूल्य बढ्दै गएको छ। केही महिनायता नेपालको बैंकिङ क्षेत्रमा उच्छृङ्खल गतिविधि बढेको छ र कतिपयले यसलाई रेमिट्यान्स घट्नुको कारण मानेका छन्। अझै आयात तथा निर्यात घट्दो क्रममा नै देखिन्छ। आयात बढ्दा विभिन्न ढंगको खर्च बढी हुने र पैसा भित्रिने गर्दछ। तर, आयात घट्दै जाँदा खर्चमा पनि कमी आउने र नेपाल भित्रिने रकममा पनि कमी आएको बताइन्छ।
कोरोना महामारीको केही समयपछि विदेशिनेको संख्या अत्यधिक भयो। त्यसले रेमिट्यान्सको वृद्धि गरायो। अहिले सामान्य अवस्थामा फर्किँदा केही कमी भएको रेमिट्यान्सलाई घटेकै मान्नु हुँदैन। अन्तर्राष्ट्रिय आर्थिक गतिविधिको असर पनि रेमिट्यान्समा परेको छ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएको उच्छृङ्खल गतिविधि र अविश्वासको वातावरणले रेमिट्यान्समा असर गरेको ठान्छन्। ‘वित्तीय क्षेत्रमा देखिएको उत्छृङ्खल गतिविधि र अविश्वासको वातावरणले बैंकमा पैसा राख्नुभन्दा सुनमा वा अन्य कुनै क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने मनस्थिति बनेको देखियो।
अन्तर्राष्ट्रिय बजारमा बिट्क्वाइनको मूल्य पनि उचालिएको छ। त्यसको असर पनि हुनसक्छ,’ श्रेष्ठ भन्छन्, ‘तर, एक वा दुई महिनामै भएको थपघटले धेरै परिवर्तन भयो भन्न मिल्दैन।’ कोरोना महामारीको केही समयपछि विदेशिनेको संख्या अत्यधिक भयो। त्यसले रेमिट्यान्सको वृद्धि गरायो। अहिले सामान्य अवस्थामा फर्किँदा केही कमी भएको रेमिट्यान्सलाई घटेकै मान्नु हुँदैन। अन्तर्राष्ट्रिय आर्थिक गतिविधिको असर पनि रेमिट्यान्समा परेको छ।
अर्थविद् डा. चन्द्रमणि अधिकारी पहिलाको तुलनामा विदेशिने क्रम घटेकाले रेमिट्यान्स वृद्धिदरमा धक्का लागेको बताउँछन्।
अर्थविद् डा. चन्द्रमणि अधिकारी पहिलाको तुलनामा विदेशिने क्रम घटेकाले रेमिट्यान्स वृद्धिदरमा धक्का लागेको बताउँछन्। ‘पहिलाको तुलनामा विदेशिने क्रम कम हुँदै गएको छ। श्रम स्वीकृति लिने र विदेशिनेको संख्या कम भएसँगै रेमिट्यान्सको वृद्धिदरमा पनि कमी आएको छ,’ अधिकारी भन्छन्, ‘तर, अहिले रेमिट्यान्स वृद्धि नभएको होइन। पहिलाको तुलनामा घटेको मात्रै हो।’