काठमाडौं। पेय पदार्थ ब्रान्ड कोका–कोलाले ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण सञ्चालन गर्ने भएको छ।कम्पनीले हायात होटल मैदानमा चैत २ बिहान ११ बजेदेखि ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण सञ्चालन गर्ने भएको हो।
‘काठमाडौं इज कुकिङ’ कोका–कोलाको विश्वव्यापी क्याम्पेन हो, जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ। कार्यक्रम कोका–कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म– रियल म्याजिकअन्तर्गत पर्ने कम्पनीले जनाएको छ।
‘काठमाडौं इज कुकिङ’ कार्यक्रममा चर्चित भारतीय गायक पापोनलगायत नेपाली चर्चित ब्यान्ड तथा गायक द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, सुशान्त घिमिरे, प्रजिनाले पनि प्रस्तुति दिनेछन् । यी कलाकारको मनमोहक प्रस्तुतिले अविस्मरणीय सांगीतिक अनुभव प्रदान गर्ने कम्पनीले विश्वास कम्पनीको छ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्, ‘कार्यक्रमले नेपाली जनताको रमाइलो गर्ने संस्कृतिलाई झल्काउनेछ। ‘काठमाडौं इज कुकिङ’मा हाँसो, खुसी र मनोरञ्जनका पल देख्न पाइनेछ। नेपाली समुदायको विभिन्न जीवन्त भावनालाई कार्यक्रममा उतार्न लागेका हौं।’
‘काठमाडौं इज कुकिङ’ ले नेपालको संगीत र सबैको मन पर्ने परिकार मःमको कम्बिनेसनलाई झनै बलियो बनाउने कम्पनीले बताएको छ। कार्यक्रममा विशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मःम व्यापारीको सहभागिता हुनेछ।
बोटलर्स नेपालका एमडी दीपक सेन्थिल नाथले भने, ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण नेपालमा कोका–कोला यात्राको महत्न्त्वपूर्ण कोसेढुंगाका रुपमा स्थापित हुनेछ। कार्यक्रममार्फत उपभोक्ताका लागि अतुलनीय क्षण सिर्जना गर्न पाउँदा उत्साहित छौं।’ ‘काठमाडौं इज कुकिङ’ फोहोररहित कार्यक्रम रहेको कम्पनीले जनाएको छ।