काठमाडौं। शाओमीले नेपालमा रेडमी ए थ्री स्मार्ट फोन लन्च गरेको छ। रेडमी ए थ्री लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको छ।
रेडमी ए थ्री स्मार्ट फोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअपसहित कोर्निङ गुरिल्ला ग्लास ३ को सुरक्षासहित सञ्चालन हुने कम्पनीले जनाएको छ। १० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेडमी ए थ्रीलाई युएसबी टाइपसीमा चार्ज गर्न सकिनेछ।
ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माट फोनमा साइड फिंगर प्रिन्ट स्क्यानरलगायत सुविधा छन्।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले प्रभावशाली प्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअल क्यामेराको साथ रेडमी ए थ्रीमा इन्ट्री लेभल स्मार्ट फोनलाई आवश्यक सबै फिचर उपलब्ध हुने बताए।
रेडमी ए थ्रीको ६.७१ इन्चको एचडी प्लस डिस्प्ले र १६५० प्लस ७२० पिक्सेलको रिजोल्युसनले हरेक तस्बिरलाई आकर्षक बनाउने कम्पनीको दाबी छ।
शक्तिशाली प्रदर्शन
मिडियाटेक हेलियो जी ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेडमी ए थ्रीले फास्ट पर्फमेन्स र सिमलेस मल्टिटास्किङ सुनिश्चित गर्दछ। ४ जिबी ¥याम (४ जिबी विस्तारित) र १२८ जिबी स्टोरेजको ( १ जिबीसम्म बढाउन सकिने ) साथमा प्रयोगकर्ताले स्मुथ अपरेसन र आकर्षक स्टोरेजको मजा लिन सक्नेछन्।
रेडमी ए वान रेड्मी ए टुमा रहेको एन्ड्रोइड गो भर्जनबाट अपग्रेड भई रेड्मी ए थ्रीले एन्ड्रोइड १४ को स्वाद दिनेछ।फोनले दुई मुख्य एन्ड्रोइड अपडेट र ३ वर्षको सेकुरिटी प्याच अपडेट प्राप्त गर्ने कम्पनीले जनाएको छ।
लङ लास्टिङ ब्याट्री
रेडमी ए थ्रीको ठूलो ५००० एमएच ब्याट्री क्षमताले युएसबी टाइप सी र १० वाटको चार्जिङ समर्थन गर्छ, जसले दिनभर स्मार्ट फोनसँग कनेक्टेड रहिरहन मद्दत गर्नेछ।
स्लिक डिजाइन
स्टाइल र स्टेबिलिटीको साथ रेड्मी ए थ्रीले स्लिक डिजाइन र कोर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षा पनि प्रदान गर्छ। ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माट फोनमा साइड फिंगरप्रिन्ट स्क्यानरजस्ता सुरक्षाका सुविधा उपलब्ध छन्। यसले स्र्माट फोनलाई झनै सुरक्षित र सहज बनाउने कम्पनीको दाबी छ।
बजार उपलब्धता
रेडमी ए थ्रीमा ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरमा ३ जिबी प्लस ६४ जिबी र ४ जिबी प्लस १२८ जिबी भेरियन्टमा उपलब्ध हुनेछ। ३ जिबी प्लस ६४ जिबी र ४ जिबी प्लस १२८ जिबीको मूल्य क्रमशः ११,९९९ र १२,९९९ रुपैयाँ पर्छ।