काठमाडौं। एनएमबी बैंकले समावेशी र समतामूलक समाज निर्माणको प्रतिबद्धतालाई प्रवर्द्धन, गर्दै लैंगिक समता तथा सामाजिक समावेशीकरण (गेसी) योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको योजनाले समाजमा विविधता प्रवर्द्घन, सीमान्तकृत समुदायलाई सशत्तीmकरण र समुदायमा लैंगिक समानतालाई प्रोेत्साहन गर्नेछ।
गेसीले समग्र बैंकिङ प्रणालीलगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकता पूरा गर्र्दै पहुँचयोग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत गर्ने बैंकको विश्वास छ।
बैंकले लैंगिक समता र सामाजिक समावेशीकरण योजना कार्यान्वयन गर्दै, महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्जस्थित शाखामा फरक ढंगले सक्षम ग्राहकलाई वीह्लचेयर ¥याम्प स्थापना गरेको छ। महिला नेतृत्व विकास गर्न देशभर महिला नेतृत्व कार्यक्रमसमेत सुरुवात गरिसकेको बैंकले जनाएको छ।
महिला उद्यमीलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधासहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ। एनएमबी बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ।
बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबी बचत खाता, पाथिभरा बचत खातालगायत प्रदेश केन्द्रित बचत खाता चल्तीमा ल्याइसकेको छ। बैंकले हाल २०१ शाखा, १८३ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।