आज महाशिवरात्रि। शिवरात्रिका लागि पशुपतिमा करिब १ महिना अघिदेखि चहलपहल सुरु भएको छ। शिवरात्रिकै लागि भनेर भारतबाट समेत साधु,सन्त तथा नागाबाबा पाशपत क्षेत्रमा आइकेका छन्। बुधबारमात्रै करिब २५०० साधुसन्त र करिब ३ सय नागाबाबा पशुपति आइपुगेका पशुपति क्षेत्र विकाश कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिए।
पशुपतिमा आउने साधुसन्त तथा नागाबाबाका लागि कोषले धुनी, भोजन र बाटोखर्चको पनि व्यवस्था गरेको छ। यसमा कोषलाई गुठी संस्थानले पनि सघाउने खत्रीले जानकारी दिए।
शिवरात्रिको व्यवस्थापन मिलाउन कोषले विभिन्न समिति तथा उपसमिति बनाएर काम गरिरहेको छ। यस दिनलाई विशेष बनाउन कोषले १४ फिटको बाटेको धुप र १० फिटको सिन्के धुप बालिने खत्रीले जानकारी दिए। कोषको उपसमितिले भक्तजनका लागि निःशुल्क भोजनको जिम्मा लिइएको छ भने पशुपति क्षेत्रमा निःशुल्क भोजन गराउनेहरूले फोहर व्यवस्थापन आफै गर्न निर्देशन पनि दिइएको छ। पशुपति क्षेत्रमा रङरोगन, सरसफाइ तथा स्वागतद्वार निर्माण गरिएको छ।
यसैगरी पशुपतिको मूल गेटसहितका अन्य स्वागतद्वारहरूलाई सजावट गरिएको छ भने भित्रपट्टि रहेका तीन गेट तथा बाहिर निर्माण गरिएका पाँचवटा गेटलाई फूलले सजाइएको छ। यस वर्ष पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको स्वागतका लागि पिंग्लास्थान, गौशला, जयबागेश्वरी, उमाकुण्ड तथा तिलगंगा क्षेत्रमा स्वागतद्वार निर्माण गरिएको छ।
कोषले पशुपतिमा शिवरात्रीको विशेष पुजाको पनि व्यवस्था गरेको छ। विशेष पुजाका लागि कोषले दुईथरी शुल्क तोकेको छ।
कोषले पशुपतिमा शिवरात्रिको विशेष पुजाको पनि व्यवस्था गरेको छ। विशेष पुजाका लागि कोषले दुईथरी शुल्क तोकेको छ। कोषका सदस्य सचिव राजु कुमार खत्रीकाअनुसार अधिकतम ३० हजार २ सय र न्यूनतम १५ हजार १ सय रुपैयाँ तोकिएको हो। त्यस्तै कोषले ई-पुजाको पनि व्यवस्था मिलाएको छ।
मेलामा नेपाल प्रहरीले तीन सिफ्टमा ३ हजार ७२ जना सुरक्षाकर्मी परिचालन गरेको छ। जसमा २ हजार १५७ जना पुरुष र ९१५ जना महिला सुरक्षाकर्मी खटाएको हो। त्यस्तै, सादा पोसाक, सञ्चार, ड्रोन अपरेटर, ट्राफिक व्यवस्थापन गरी ४ हजार ९४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
कोषले पशुपति क्षेत्रमा आइपुग्ने चाबहिल, रातोपुल, पुरानो बानेश्वर, सिनामंगललगायत रुटमा सकेसम्म सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ। शिवरात्रीकै लागि एक करोड रुपैयाँ बजेट छुट्याएको थियो। शिवरात्रीकै पेरीफेरीमा पशुपतिमा करोडौंको कारोबार हुने देखिएको छ।
शिवरात्रिको दिन मन्दिरभित्र ७ लाख र बाहिर मेला भर्न मात्र करिब १० लाखभन्दा बढी भक्तजन आउने कोषको अनुमान छ।
पाशपत क्षेत्रमा करिब २ सय वटा पुजा सामाग्री बेचविखन गर्ने पसल छन्। शिवरात्रीको दिनमा एउटै पसलले औसत ५० हजारको हाराहारीमा कारोबार गर्छन् यो हिसाबले उक्त दिन १ करोडको पुजा सामाग्री मात्रै बिक्री हुन्छ।
पुजा सामग्रीको व्यापार शिवरात्रीको २/३ दिनअघिदेखि नै बढेको पुजा सामग्री व्यापारी रामबहादुर तामाङले बताए। योबाहेक पशुपतिमा यसदिन खाना, रोटीदेखि पानीसम्म विभिन्न संघसंस्थाले वितरण गर्छन्। त्यस्ता संघसंस्थाका लागि कोषले निशुल्क ठाउँ उपलब्ध गराउँछ।
काठमाडौं बाहिर र भारतबाट करिब १० हजार दर्शनार्थी पशुपति आउँछन्। यस्ता दशनार्थी पाटीपौवादेखि ५ तारे होटलमा बस्ने गरेका छन्।
शिवरात्रिमा पुजा सामग्री पसलपछि चहलपहल होटलमा हुन्छ। काठमाडौं बाहिर र भारतबाट करिब १० हजार दर्शनार्थी पशुपति आउँछन्। यस्ता दशनार्थी पाटीपौवादेखि ५ तारे होटलमा बस्ने गरेका छन्। बाहिरबाट आउने दर्शनार्थीमध्ये आधा दर्शनार्थीमत्रै सामान्य होटलमा बस्दा खर्च हुने प्रतिव्यक्ति अनुमानित २ हजार रुपैयाँको दरले हिसाब गर्दा दर्शनार्थीले करिब १ करोड होटलमा बुझाउँछन्। यसरी बाहिरबाट आउने दर्शनार्थी पनि एक दिन मात्र नभई २/३ दिन बसेर मात्रै जान्छन्।
यसरी हेर्दा भक्तजनले यो ३ दिनमा करिब २ करोडको पुजा समाग्री र करिब २ करोड रुपैयाँ होटलमा मात्रै खर्च गर्छन्। यो बाहेक दर्शनार्थीलाई खाना, खाजा, पानी निशुल्क खुवाउने संस्थाहरुको खर्च पनि करोडमा छ। मेलामा आउने खेलौना, फलफुललगायत व्यापारीहरुले पनि राम्रो व्यापार गर्छन्।