काठमाडौं। राष्ट्रिय सभाका नवनिर्वाचित १९ सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन्।
आज संघीय संसद भवनको लहोत्से हलमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित १९ सांसदलाई सपथ खुवाएकी हुन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० सांसदलाई आइतबार बिदाइ गरिएको थियो।
गत माघ ११ मा भएको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त २० मध्ये १९ जना निर्वाचित सांसदलाई आज सपथ खुवाइएको हो।। २० मध्ये एक जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन्।
आज सपथ लिनेमा विष्णुदेवी पुडासैनी, जितजंग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रुक्मिणी कोइराला, कृष्णप्रसाद सिटौला र बलदेव बोहरा रहेको संसद् सचिवालयले जनाएको छ।