काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव उपलब्ध गराउन, नलेज सेयरिङसम्बन्धी गतिविधि सञ्चालन गर्न र मुख्य सेवा–सुविधा तथा प्लेटफर्म उपलब्ध गराउन ईएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरेको छ।
सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेस अवसरमा हस्ताक्षर गरेका हुन्।
ईएन्ड इन्टरनेसनल संयुक्त अरब मिरेट्सको एतिसलात ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने ईएन्ड ग्रुपको एक अंश हो।
समझदारीअनुसार दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङलगायत व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रुपान्तरणलगायत क्षेत्रमा सहकार्य गर्नेछन्।
यो सहकार्य आय बढाउन, नवीन सेवा सञ्चानलमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दूरीको व्यवसाय र डिजिटल सोलुसन्स बढाउन महत्त्वपूर्ण हुने एनसेलले जनाएको छ। यसका लागि एनसेल र ईएन्ड इन्टरनेसनलले नेपालका ग्राहकको डिजिटल यात्रा सजिलो हुने गरी ठोस र प्रभावकारी नतिजा दिनेछन्।
‘ईएन्ड इन्टरनेसनलसँगको यो रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेकको बन्ने यात्राको महत्त्वपूर्ण उपलब्धि हो। यो साझेदारी नेपालको डिजिटल विकासमा योगदान पु¥याएर डिजिटल रुपान्तरणलाई गति दिने हाम्रो प्रतिबद्धताअनुरूप छ’, सम्झौतापछि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘ईएन्ड इन्टरनेसनलको नेतृत्व र पार्टनर नेटवर्क प्रोग्रामको बृहत् अनुभवसहित यो सहकार्यले एनसेललाई असिम अवसरका साथ सशक्त बनाउनेमा विश्वस्त छौं। साझेदारी डिजिटल नेपाल भिजनको उद्देश्य प्राप्ति लक्ष्यमा कम्पनीको ‘हेयर फर यू’ अर्थात् ‘हामी तपाईंकै लागि’मा आधारित छ।’
एनसेलले ईएन्ड ग्रुपअन्तर्गत विश्वभरका ८५० बढी सेवाप्रदायकको नेटवर्कमा आबद्ध भएर रोमिङमा एसएमएस र भ्वाइस सेवामार्फत ग्लोबल फुटप्रिन्टको लाभ उठाउन सक्नेछ। त्यसैगरी डिजिटल सोलुसन्सअन्तर्गत प्रविधिमा अभ्यस्त युवालाई ‘बेस्ट इन क्लास’ डिजिटल अनुभव प्रदान गर्नेछ।
ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीलाई कनेक्टिभिटी र डिजिटल रुपान्तरणका लाभ दिलाउने नयाँ अध्याय भएको बताए।
‘स्थानीय बजारबारे एनसेलको गहिरो बुझाइ र विश्वस्तरीय डिजिटल सञ्जाल विकास गर्ने हाम्रो विशेषज्ञताको संयोजनबाट डिजिटल युगमा नेपालको प्रगतिलाई गति दिन मद्दत गर्न सक्छ। पूर्वाधारलाई अप्टिमाइज गरेर, कनेक्टिभिटी बढाएर र सेवामा नयाँ अवसर पहिल्याएर हामी सबै नेपालीका लागि साँच्चै कनेक्टेड र समावेशी डिजिटल भविष्य निर्माणमा सघाउने लक्ष्य राख्छौं। यो सुरुआत मात्र हो। नेपालको महत्त्वाकांक्षी डिजिटल भिजनलाई साकार पार्न रणनीतिक साझेदारको रूपमा के गर्न सक्छौं, त्यो गर्न हामी तत्पर छौं’, उनले भने।
यसैगरी सामझदारीअन्तर्गत एनसेलले ईएन्ड इन्टरनेसनलको सहयोगमा डिजिटल र परम्परागत माध्यमको सदुपयोग गर्दै रियल टाइम र कन्टेक्सचुअल मार्केटिङ गर्ने, मेसिन लर्निङ र एआई मोडलको बृहत्तर उपयोग गर्दै उत्कृष्ट एनालिटिक्स कार्यान्वयन गर्ने र बिग डाटा स्रोत प्रयोगमार्फत सान्दर्भिक र पर्सनलाइज्ड अफर ल्याउनेछ।
एनसेल र ईएन्ड इन्टरनेसनलले नेटवर्क अप्टिमाइजेसन, दुर्गम क्षेत्रका लागि लागतमैत्री समाधान, ग्रिनफिल्ड एनालिसिसका लागि अप्टिमाइजेसन, नेटवर्क कार्यसम्पादन मूल्यांकन (क्राउडसोर्सिङ), प्रत्यक्ष सोर्सिङमार्फत भ्यालु क्रियसन र सेवालगायत अन्य क्षेत्रमा सहकार्य गर्नेछन्।
एनसेलले ईएन्ड ग्रुपअन्तर्गत विश्वभरका ८५० बढी सेवाप्रदायकको नेटवर्कमा आबद्ध भएर रोमिङमा एसएमएस र भ्वाइस सेवामार्फत ग्लोबल फुटप्रिन्टको लाभ उठाउन सक्नेछ। त्यसैगरी डिजिटल सोलुसन्सअन्तर्गत प्रविधिमा अभ्यस्त युवालाई ‘बेस्ट इन क्लास’ डिजिटल अनुभव प्रदान गर्नेछ।
ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको ईएन्ड ग्रुपको अंश हो, जसले विश्वका १६ देशमा रहेर कनेक्टिभिटी सोलुसन्स, इन्क्लुसिभ फाइनान्सियल सर्भिसेज, रिच इन्टरटेनमेन्ट सर्भिसेज र सिमलेस बिजसेन ट्रान्सफर्मेसनमा काम गर्दै आएको छ।