काठमाडौं। स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सी५१ फोरप्लस १२८ जीबीको स्टोरेज भेरियन्टमा बजारमा बिक्री सुरु भएको छ।
५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरासहितको रियलमी सी५१ ले ग्राहकलाई फोटोग्राफीका प्रशस्तै डाइमेन्सन एक्स्प्लोर गर्ने अवसर दिने कम्पनीले जनाएको छ। अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्न सक्नेछ।
७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सी५१ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्छ।
३३ वाट क्विक चार्ज सुविधा भएको रियलमी सी५१ मा शक्तिशाली ५००० एमएएचको ब्याट्री राखिएको छ, जसले दिनभर फोन चलाउँदा पनि समस्या नहुने कम्पनीको दाबी छ। रियलमी सी५१ मा ४ जिबीसम्मको डायनामिक र्यामका साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ।
१७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
मोबाइलमा समावेश अक्टा–कोर चिपसेटले एडभान्स टेक्नोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताका साथमा ग्राहकलाई उत्कृष्ट पर्फमेन्स तथा अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।
आकर्षक ग्लिटरी लुकमा उपलब्ध रियलमी सी५१ को मुल्य १४,४९९ र रियलमी फोर प्लस ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १३,४९९ मा पर्छ।