काठमाडौं। ब्राजिलको राजधानी ब्रासिलियामा भोली (शुक्रबार)देखि सुरु हुने 'एक्स्पो नेपाल २०२४' को सम्पूर्ण तयारी पुरा भएको छ। ब्राजिलमा रहेको नेपाली दूतावाससहित नेपालबाट रक सिद्धी प्रालि, नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल पर्यटन बोर्ड र ब्राजिलको एरिया ट्राभल्स इन्टेलिजेन्सको संयुक्त आयोजनामा मार्च १ देखि ३ गतेसम्म ब्रासिलियामा आयोजना हुने 'एक्स्पो नेपाल २०२४' को उद्घाटन ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो गर्ने तय भएको छ।
नेपाल र ब्राजिलबीच पर्यटन र व्यापारीक दृष्टीकोणले निकै महत्त्वका साथ हेरिएको सो कार्यक्रममा ब्राजिलका कानुन उपमन्त्री, ब्राजिलको संघीय अदालतका न्यायाधीस, ब्राजिलियन ट्राभल एजेन्सी संघ (अबाब)का अध्यक्ष, ब्राजिल राष्ट्रिय उद्योग परिसंघका अध्यक्षलगायत बिभिन्न १२ देशका राजदूतहरुको उपस्थिति रहनेछ।
नेपालका विवध क्षेत्रबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको 'एक्सो नेपाल २०२४' मा नेपाली व्यवसायीहरुले २० वटा स्टल राख्ने तय भएको छ। स्टलमा नेपाल घुम्न चाहनेका लागि विभिन्न आकर्षक प्याकेजहरु , नेपाली खानाका परिकार , नेपाली गलैंचा, नेपाली कला संस्कृति झल्काउने काठका सामग्रीहरु प्रदर्शनीमा राखिने रक सिद्धि प्रालिका अध्यक्ष अमित उपाध्यायले जानकारी दिए।
ब्राजिलमा रहेको दूतावासको सक्रियतामा आयोजना हुन लागेको एस्पोले ब्राजिलियनहरुलाई नेपाल घुम्नैपर्ने देश हो भनेर प्रचार हुनेछ। दुरीको हिसाबले नेपाल टाढा भए पनि ब्राजिलजस्तो ठूलो अर्थतन्त्र भएको देशलाई नेपालमा जोड्न दूतावाले गरेको प्रयास सकारात्मक रहेको ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का महासचिव विनोद सापकोटाले बताए।
त्यस्तै नेपाल पर्यटन बोर्डका निवर्तमान उपाध्यक्ष चन्द्र रिजालले नेपालसँग भौगोलिक र प्राकृतिक हिसाबले समेत मिल्दोजुल्दो ब्राजिलमा पहिलो पटक यति भव्यकार्यक्रम हुन लागेको छ। 'विगतदेखि नै मैले यस्तो कार्यक्रम विदेशमा रहेका हरेक देशका दूतावासहरुले गर्नुपर्छ भन्ने धारणा राख्थे ब्राजिलको दूतावासले आयोजना गर्यो यो अत्यन्तै सह्रानीय हो। विदेशमा रहेका दूतावासको काम भनेकै नेपालको सम्भावानालाई प्रचार प्रचार गर्ने रहेको र नेपाल सरकारले पनि यस्ता कार्यक्रम गर्न दूतावासलाई प्रोत्साहित गर्नुपर्ने उनले बताए।