काठमाडौं। सेयर बजारमा पछिल्लो केही दिन यता देखिएको गिरावटले आइतबार पनि निरन्तरता पाएको छ। गत साताको चार कारोबार दिनमा चारै दिन घटेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार पनि दोहोरो अंकले घटेको हो।
आज नेप्से २६.८१ अंकले घटेर १९७९.०२ को बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से २०.७६ अंकले घटेर २००५.८३ को बिन्दुमा बन्द भएको थियो। नेप्से गत साताको पहिलो कारोबार दिन आइतबार २७ अंकले घट्दा मंगलबार १.७६ र बुधबार ६.४६ अंकले घटेको थियो।
यसभन्दा अघिल्लो साताको बिहीबार पनि नेप्से १४.४६ अंकले घटेको थियो। त्यसपछिका पछिल्ला ६ कारोबारबाट नेप्से ९७.४५ अंकले घटेको छ। अघिल्लो साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लगानीकर्ताको भावना नसमेटिएको असर बजार सूचकमा परेको थियो। यसपछि गत साता मर्जर/एक्युजिशनमा दिएको कर छूटको विषयले प्रवेश पाएसँगै त्यसको असर बजारमा देखएको छ।
आन्तरिक राजस्व विभागले नेप्सेसँग सेयरको कारोबार विवरण मागेसँगै सेयर बजार निरन्तर घटिरहेको छ। सरकारले मर्जरलाई प्राथमिकता राख्दै मर्ज भएको २ वर्षभित्र सेयर बिक्री गर्नेलाई कर छूटको व्यवस्था गरेको थियो। तर, अहिले प्राप्तिको नाममा गलत व्याख्या गरेर बेचेको सेयरको कर तिर्नुपर्ने भन्न थालिएको छ।
अघिल्लो कारोबार दिनको तुलनामा आइतबार कारोबार रकम पनि घटेको छ। आज कुल ३ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार भने कुल ३ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएका कम्पनीमध्ये ३८ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ६ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ।
आइतबार बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा चिरखुवा हाइड्रोपावरको सेयर मूल्य ८.५५ र धोलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.६६ प्रतिशतले बढेको छ।
यस्तै, समाज लघुविक्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकरात्क सर्किट लागेको छ। समिलिंग पावर कम्पनीको सेयर मूल्य ९.५६ र बलेफी हाइड्रापावरको सेयर मूलय ९(२१ प्रतिशकतले घटेको छ।
सेयर बजारमा एकपछि अर्को प्रहार, मर्जर/एक्विजिसन छुट कर उठाउने विषयले २००० विन्दूमा नेप्से