गत साताको ४ कारोबार दिनमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) निरन्तर घट्यो। अघिल्लो साताको अन्तिम दिन पनि घटेको सूचक २०६२.०३ विन्दूमा रोकिएको थियो। तर, गत साता ५६.२ अंकले घटेर २००५.८३ अंकमा खुम्चिएको छ।
अघिल्लो साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लगानीकर्ताको भावना नसमेटिएको असर बजार सूचकमा परेको थियो। तर, गत साता भने मर्जर/एक्युजिशनमा दिएको कर छुटको विषयले प्रवेश पायो। आन्तरिक राजस्व विभागले नेप्सेसँग सेयरको कारोबार विवरण मागेसँगै सेयर बजार साताभर नै घटिरह्यो।
विभागले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार मानेर मर्जर/एक्विजिसनमा व्यक्तिहरुले पाएको आयकर छूटको विषय समातेको हो। महालेखा परीक्षकको कार्यालयले जो गाभिएको हो, उसलाई मात्र कर छुट हुने तर गाभ्नेलाई नहुने भन्ने व्याख्या गरेर बेरुजु देखाएपछि आन्तरिक राजस्वले सेयर विक्रेतासँग कर उठाउने तयारी थालेको हो।
विभागले आयकर ऐन २०५८ को दफा ४७ (२–१) मा जो गाभिएको हो, उसलाई मात्रै कारोबार कर छुट दिने व्यवस्था रहेको भन्दै कम्पनीहरुको सेयर कारोबारको विवरण मागेपछि सेयर लगानीकर्तामा एकप्रकारको सन्नाटा छाएको छ। सरकारले मर्जरलाई प्राथमिकता राख्दै मर्ज भएको २ वर्षभित्र सेयर बिक्री गर्नेलाई कर छूटको व्यवस्था गरेको थियो। तर, अहिले प्राप्तिको नाममा गलत व्याख्या गरेर बेचेको सेयरको कर तिर्नुपर्ने भन्न थालिएको छ।
संस्थाबाट जसरी कर प्राप्त गर्न सरकारलाई सजिलो थियो, व्यक्तिगत लगानीकर्ताबाट त्यति सहज छैन। तैपनि राज्य लागेको खण्डमा नहुने भन्ने केही छैन।
यसअघि सरकारले मर्जर÷एक्विजिसनमा भएको लाभलाई र थप प्राथमिक निस्काशन (एफपिओ)मा उठाइएको पैसाबाट बोनस सेयर बाँडेको हकमा आयकर उठाएको थियो। तर, संस्थाबाट जसरी कर प्राप्त गर्न सरकारलाई सजिलो थियो, व्यक्तिगत लगानीकर्ताबाट त्यति सहज छैन। तैपनि राज्य लागेको खण्डमा नहुने भन्ने केही छैन। यस विषयमा सरकारले समयमै निर्णय नगरे आगामी दिनमा ठूलै समस्या ल्याउने देखिन्छ।
२०७८ असारदेखि सेयरका लगानीकर्तामाथिको सरकारी प्रहार अझै रोकिएको छैन। असल कर्जाको जोखिमभार ०.३ प्रतिशत बिन्दूको वृद्धि, सेयर कर्जामा १२ करोडको सीमा, मर्जर र एफपिओमा कर, सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशित बनाउने निर्णय पनि सरकारी प्रहारका मानक हुन्। पछिल्लो समय नेपाल राष्ट्र बैंकले केही विषयमा सामान्य लचकता अपनाए पनि लगानीकर्ताका मागहरु कतैबाट सम्बोधन भएको पाईंदैन। सरकारी प्रहार सुरु भएयता नेप्से सूचक ३२०० विन्दूबाट १८०० सम्म झरेको थियो।
बग्रेल्ती खुलेका लगानीकर्ताका संघसंगठन र ठूला भनिएका लगानीकर्ताहरुले छुट कर उठाउने विषयमा विभागको सक्रियतालाई लिएर मुख खोलिसकेका छैनन्।
बग्रेल्ती खुलेका लगानीकर्ताका संघसंगठन र ठूला भनिएका लगानीकर्ताहरुले छुट कर उठाउने विषयमा विभागको सक्रियतालाई लिएर मुख खोलिसकेका छैनन्। मौद्रिक नीतिको पहिलो समीक्षापछि बढेको बजार माघ ३ गते २२१५ विन्दूसम्म पुगेर २१६३ अंकमा रोकिएको थियो। तर, त्यसपछि घटबढ् हुँदै गएको बजार सूचक फेरी करिब २ महिनाअघिको भन्दा तल झरेको हो। यसअघि पुस २२ गते २०२२.९२ अंकमा पुगेको थियो। त्यसअघि नेप्से मंसिर २८ मा नेप्से १९९४.६ अंकमा थियो।
त्यसैपनि माघदेखि असारसम्मको अवधिलाई लगानीका हिसाबले सुख्खा मौसम मानिन्छ। यो अवधिमा लगानी गर्नेले बजारमै पाउने पुँजीगत लाभबाहेक कम्पनीको प्रतिफल पाउन २०८१ साउन कुर्नुपर्छ। यस्तो बेला आउने अनेकन प्रकृतिका हल्लाले बजारमा झनै नकारात्मक असर गर्दछ। अनेकन हल्लाहरु चलाएर एक दुई दिन एक दुई कम्पनीको सेयर मूल्यलाई चलायमान बनाउने कोसिस गरे पनि त्यसले मात्रै समग्र बजार बढ्ने आधार तयार हुँदैन। यस्तो बेला सेयर खरिद बिक्री गर्नुअघि लगानीकर्ताले सतर्कता भने अपनाउनुपर्छ।