काठमाडौं। पानासोनिक नेपालले जापानी ब्रान्ड पानासोनिक नयाँ मोडलका वासिङ मेसिन र एयर कन्डिसनर नेपाली बजारमा भित्र्याएको छ।
पानासोनिक नेपालका प्रबन्ध निर्देशक शैलेश संघाई र पानासोनिक लाइफ सोलुसन इन्डियाका भूपेन्द्र भारद्वाजले नेपालमा कम्पनीका नयाँ मोडलका वासिङ मेसिन र एयर कन्डिसनर बिक्री वितरण सुरु गरेका हुन्।
निर्देशक संघाइले घरायसी सामग्री उत्पादनमा १०० वर्षभन्दा बढी अनुभव रहेको पानासोनिक ब्रान्डले उत्पादन गरेका सामग्री विश्वसनीय भएको हुँदा नेपाली उपभोक्ताले रोजाइमा पर्दै आएको बताए।
पानासोनिक लाइफ सोलुसन इन्डियाका भूपेन्द्र भारद्वाजले नेपालमा कम्पनीका उत्पादनको बजारीकरणका लागि नयाँ उत्पादन ल्याइएको जानकारी दिए। पानासोनिकका उत्पादन नयाँ पुस्ताको रोजाइमा पर्ने विश्वास उनले व्यक्त गरे।
आठ र ९ केजी क्षमताको पानासोनिक वासिङ मेसिनमा सहज रुपमा कपडा धुन एक्टिभ फोम सिस्टम तथा छिटो लुगा धुने सुविधा रहेको कम्पनीले जनाएको छ। .
यस्तै, २ टनको क्यासेट एयर कन्डिसनर र १.५ र २ टन रुम एयर कन्डिसनर मोबाइल एपद्वारा नियन्त्रण, भ्वाइस नियन्त्रण तथा स्वास्थ्य हावाका लागि निनोइ एक्स उपकरण जडान गरिएको छ।
पानासोनिक नेपालका उप–बिक्री प्रबन्धक रुपेशराम त्रिपाठीले जापानी कम्पनीका उत्पादनमा लामो समय वारेन्टी, सहज मर्मत, कम बिजुली खपतलगायत सुविधा रहेको बताए।