काठमाडौं। सामसुङ नेपालले एआईको विश्वव्यापी विस्तारलाई गति दिन आफ्ना अघिल्लो फोन मोडलमा एआई डिभाइस उपलब्ध गराउने भएको छ।
सामसुङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान युआई ६.१ को माध्यमबाट अब ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५ सिरिजमा पनि मार्च अन्त्यदेखि ग्यालेक्सी एआई उपलब्ध हुने जनाइएको छ।
हालै प्रस्तुत गरिएको ग्यालेक्सी एस२४ सिरिजसँग आबद्ध यो अद्यावधिकले अनडिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत प्रयोगकर्ताको मोबाइल एआई अनुभवको स्तरलाई उकास्नेछ।
‘ग्यालेक्सी एआईसँग हाम्रो लक्ष्य मोबाइल एआईको नयाँ युगको जननी बन्ने मात्र नभई मोबाइल एआई अझ बढी पहुँचयोग्य बनाएर प्रयोगकर्तालाई सशक्त बनाउनु पनि हो’, सामसुङ इलेक्ट्रोनिक्स, मोबाइल एक्स्पेरियन्स बिजनेस प्रमुख तथा अध्यक्ष टिएम र्होले भने, ‘यो ग्यालेक्सी एआइको सुरुआत मात्र हो। हाम्रो योजना सन् २०२४ भित्र १० करोड बढी ग्यालेक्सी प्रयोगकर्तालाई यसको अनुभव दिलाउने तथा मोबाइल एआईको असीमित सम्भावना उपयोगका लागि नवीन उपाय खोजी जारी राख्नु रहेको छ।’
व्यवधानरहित सञ्चार सेवा
एआई सञ्चालित मोडलमा उपलब्ध सञ्चार सेवा विस्तारित ग्यालेक्सी एआई विशेषताको लाभ अझै धेरै ग्यालेक्सी प्रयोगकर्ताले लिन सक्नेछन्। यी विशेषतामा मेसेज टोन मिलाउने र च्याट एसिस्टको सहायताले १३ भिन्न भाषामा मेसेज ट्रान्सलेट गर्ने सुविधासमेत संलग्न छन्।
ग्यालेक्सी प्रयोगकर्ताले लाइभ ट्रान्सलेटमार्फत रियल टाइममै भाषा ट्रान्सलेट गर्न सक्नेछन्, जसले फोन कलका लागि आवाज र टेक्स्ट अनुवाद उपलब्ध गराउनेछ।
इन्टरप्रिटरको साथमा प्रयोगकर्ता आफ्नो यात्रा दौरानमा स्थानीयसँग तत्काल कुराकानी गर्न सक्षम हुनेछन् किनकि स्प्लिट स्क्रिन विशेषताले प्रत्यक्ष कुराकानीका लागि टेक्स्ट अनुवाद गरेर देखाउनेछ।
अतुलनीय उत्पादकत्व
ग्यालेक्सी इकोसिस्टममा गरिएको ग्यालेक्सी एआईको व्यापक एकीकरणले एआई समर्थित मोडलमा प्रयोगकर्तालाई निर्वाध रुपमा दैनिक कार्य गर्न सक्षम बनाउँदै दक्षताको नयाँ स्तर सञ्चालन गराउँछ। सर्कल टु सर्च विथ गुगलमार्फत खोज प्रणालीको सुधार गरिएको हुँदा सजिलै आफूले खोजेको कुरामा एउटा सर्कल बनाएर खोज परिणाम पाउन सकिनेछ।
नोट एसिस्टजस्ता विशेषताले प्रयोगकर्तालाई फम्र्याट सिर्जना गर्न, सारांश रचना गर्न र टिप्पणी अनुवाद गर्न मद्दत गर्दछ भने ब्राउजिङ एसिस्टले समाचार सामग्रीको समग्र सारांश एकै क्षणमा तयार गर्दछ। ट्रान्सक्रिप्ट एसिस्टले मिटिङको रेकर्डिङ गरी सजिलै सारांश तथा अनुवाद तयार पार्न सक्छ।
आन्तरिक कला सिर्जनशीलता
ग्यालेक्सी एआईको साथमा सामसुङले व्यक्तिको सिर्जनशील सम्भाव्यतालाई उजागर गर्न आफ्नो भूमिकालाई दोब्बर बनाएको छ।
ग्यालेक्सीको पछिल्लो अद्यावधिकले ग्यालेक्सी एआई टुलको सेट उपलब्ध गराएको छ, जसले फोटो खिचेपछि पनि रचनात्मक स्वतन्त्रताको अवसर दिन्छ। जेनेरेटिभ इडिटमार्फत एआई समर्थित उपकरणले फोटोलाई सजिलै रिसाइज गर्ने, रिपोजिसन गर्ने अथवा रिएलाइन गर्न सक्नेछन्।
यस्तै, प्रयोगकर्ताले इडिट सजेसनको सहायताले पहिलेभन्दा छिटो र सजिलो तरिकाले कुनै पनि फोटोलाई सजाउन सक्नेछन्। इन्स्ट्यान्ट स्लो–मोले चलायमान फल क्याप्चर गर्न सुस्त गतिको भिडियोका लागि अतिरिक्त फ्रेम तयार गर्ने हुनाले धेरै सट बारम्बार खिच्नु नपर्ने बनाइदिन्छ।
सिर्जनशीलता र व्यक्तित्वकरण त्यत्तिमै रोकिँदैन, ग्यालेक्सी उपकरणलाई अनुकूलन गर्न एआई निर्मित वालपेपरमार्फत पहिलेभन्दा झन् सजिलो भएको छ। एआई समर्थित उपकरणले प्रयोगकर्ताको सिर्जनशीलतालाई सक्षम बनाएको छ।