काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७६÷०७७ को कात्तिक मसान्तसम्ममा १२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । महानगरले प्रस्तुत गरेको चौमासिक प्रगति प्रतिवेदनअनुसार, सो अवधिमा १९ ओटा क्षेत्रगत कार्यक्रममा बजेट छुट्याएको थियो ।
चालू आवमा कुल बजेट ११ अर्ब २ करोड २२ लाख ९२ हजार बजेटमध्ये १ अर्ब २८ करोड १२ लाख ३५ हजार अर्थात झन्डै १२ प्रतिशत मात्रै बजेट खर्च भएको हो ।
चौमासिक अवधिमा ४ ओटा कार्यक्रममा भने कुनै बजेट नै खर्च भएको छैन् । ती कार्यक्रमको प्रगति शुन्य छ । हनुमाढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, सहकारी व्यवस्थापन, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र सहरी सुव्यवस्थासम्वन्धी कार्यक्रममा कुनै बजेट खर्च नभइ प्रगति शुन्य देखिएको हो ।
ती कार्यक्रममा बजेट किन खर्च हुन सकेन भन्ने क्यापिटलकाे प्रश्नमा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले कुनै प्रतिक्रिया दिन चाहेनन्। बरू, उल्टै महानगरका सवै कुरा आफुलाई अपडेट नहुने भन्दै उक्त जवाफबाट तर्किन खोजे ।
सामाजिक विकास कार्यक्रममा ३० प्रतिशत बजेट खर्च भएको छ । त्यस्तै, शिक्षा, विपद व्यवस्थापन कार्यक्रम, अन्र्तराष्ट्रिय सम्वन्ध प्रवद्र्धन कार्यक्रम, भौतिक पूर्वाधार विकास कार्यक्रम, जनस्वास्थ्य सेवा कार्यक्रम लगायतका कार्यक्रममा भने बजेट खर्च भएको देखिन्छ ।