काठमाडौं। एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरिएको छ। एक्साइडको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले स्टार र म्याजिक गरी दुवै इन्भर्टर सार्वजनिक गरेको हो।
एक्साइड स्टारमा एड्भान्स माइक्रो कन्ट्रोलर, लो भोल्टेज अपरेसनका लागि उपयुक्त प्योर साइन वेभसेप, दुइवटा अप्सनमा चार्ज गर्न सकिने विकल्प रहेको कम्पनीले जानकारी दिएको छ। साथै एलइडी डिस्प्ले इन्टरफेस र अटो स्मार्ट प्रोटेक्सन लगायत विशेषता एक्साइड स्टारमा रहेका छन्।
त्यस्तै एक्साइड म्याजिकमा डिजिटल सिग्नल प्रोसेसर, अटो सेन्स इन्टेलिजेन्ट कन्ट्रोल, एक्स्ट्रीमली लो हार्मोनिज, कलरफुल एलइडी इन्टरफेस, दुईवटा अप्सनमा चार्ज गर्न सकिने, अटो स्मार्ट प्रोटेक्सन र नोइजलेस अपरेसन लगायत विशेषता रहेका कम्पनीले जानकारी दिएको छ।
एक्साइडका दुवै इन्भर्टर सार्वजनिक गर्न आयोजित कार्यक्रममा सिप्रदी टे«डिङ र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधि तथा डिलरहरूको उपस्थिति थियो।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले लामो समयदेखि पावर ब्याकअप सेवा दिँदै आएकोमा नयाँ इन्भर्टरहरूले आगामी दिनमा नयाँ उचाइ छुने विश्वास रहेको बताए। ‘सिप्रदी कम्पनीले विगत लामो समयदेखि पावर ब्याकअप सेवा दिँदै आएको नयाँ इन्भर्टरहरूले पनि नयाँ उचाइ र आयाम छुने कुरामा विश्वस्त रहन सम्पूर्ण डिलरहरूलाई आग्रह गर्नु चाहन्छु,’ उनले भने।
एक्साइड इन्डियाका कार्यकारी उपाध्यक्ष मुकुल कन्डवालले एक्साइड स्टार र एक्साइड म्याजिक नेपालमा ल्याउन पाउँदा एकदमै खुसी लागेको बताए। उक्त दुवै इन्भर्टरले नेपाली बजारमा पावर व्याकअपको रेञ्ज पुरा भएको उनको भनाइ थियो। एक्साइडले विशेषगरी अटोमेटिभ, दुईपांग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीलगायत क्षेत्रमा ब्याट्री आपूर्ति गर्दै आएको छ।