काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भुपेन्द्र भण्डारीलाई नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रीपरिषदको बैठकले प्राधिकरणको अध्यक्षमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखाशर्माका सल्लाहकार हुन्। उनी पाँच वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन्।
प्राधिकरणको अध्यक्ष पदका लागि २५ जनाले आवेदन दिएका थिए। मन्त्रालयले माघ १४ गतेबाट अध्यक्ष पदका लागि आवेदन खुलाएको थियो।
अध्यक्षका लागि आवेदन दिनेमा मैनेजरप्रसाद कानू, रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय थिए।
डोलेन्द्रप्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरेन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी र श्रीकृष्ण सुवेदीले पनि अध्यक्षका लागी आवेदन दिएका थिए।
त्यस्तै, भुपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनालले पनि अध्यक्षका लागी आवेदन दिएका थिए।
तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न २४ पुसमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा समिति गठन भएको थियो।
हाल प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी बोर्ड सदस्य नवराज अधिकारीलाई दिइएको थियो।