ढोरपाटन। पछिल्लो समय बागलुङका घरबास (होमस्टे) चलायमान बन्न थालेका छन्। चिसो घट्दै जाँदा यहाँ पर्यटक बढ्न थालेसँगै होमस्टे चलायमान बनेका हुन्। दसैँ तिहारको समयमा भरिभराउ भएका घरबास जाडोयाममा पाहुना कम भएपछि करिबकरिब ठप्प बनेका थिए। माघ दोस्रो सातादेखि पुनः होमस्टेमा पर्यटक आउन थालेका छन्। बागलुङमा आधिकारिक रुपमा दर्ता भएका २८ सामुदायिक तथा व्यक्तिगत होमस्टे छन्।
केही होमस्टे दर्ता विनै पनि सञ्चालनमा छन्। जिल्लाको बागलुङ नगरपालिका–१० भुकण्डेमा सबैभन्दा बढी होमस्टे रहेका छन्। कुण्डेमा १५ वटा सामुदायिक होमस्टे छन्। काठेखोल, बरेङ, ढोरपाटनलगायत ठाउँमा पनि होमस्टे सञ्चालनमा छन्।
भकुण्डेबाट पूर्वदेखि पश्चिमसम्म अनगिन्ती हिमशृृङ्खलाको अवलोकनसँगै उच्च पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिने र बेलढुंगाबाट हिमालीसँगै पहाडी जिल्लाका धेरै ठाउँ देख्न सकिने हुँदा पर्यटक घुम्न आउने गर्छन्।
पर्यटकीय क्षेत्र भएकै ठाउँमा होमस्टे सञ्चालनमा रहेकाले पर्यटकलाई खान, बस्न सहज भएको यहाँका स्थानीय बताउँछन्। राससपर्यटन याम सुरु भएसँगै चलायमान बने ‘होमस्टे’ ढोरपाटन। पछिल्लो समय बागलुङका घरबास (होमस्टे) चलायमान बन्न थालेका छन्। चिसो घट्दै जाँदा यहाँ पर्यटक बढ्न थालेसँगै होमस्टे चलायमान बनेका हुन्।
दसैँ तिहारको समयमा भरिभराउ भएका घरबास जाडोयाममा पाहुना कम भएपछि करिबकरिब ठप्प बनेका थिए। माघ दोस्रो सातादेखि पुनः होमस्टेमा पर्यटक आउन थालेका छन्। बागलुङमा आधिकारिक रुपमा दर्ता भएका २८ सामुदायिक तथा व्यक्तिगत होमस्टे छन्। केही होमस्टे दर्ता विनै पनि सञ्चालनमा छन्। जिल्लाको बागलुङ नगरपालिका–१० भुकण्डेमा सबैभन्दा बढी होमस्टे रहेका छन्। कुण्डेमा १५ वटा सामुदायिक होमस्टे छन्।
काठेखोल, बरेङ, ढोरपाटनलगायत ठाउँमा पनि होमस्टे सञ्चालनमा छन्। भकुण्डेबाट पूर्वदेखि पश्चिमसम्म अनगिन्ती हिमशृृङ्खलाको अवलोकनसँगै उच्च पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिने र बेलढुंगाबाट हिमालीसँगै पहाडी जिल्लाका धेरै ठाउँ देख्न सकिने हुँदा पर्यटक घुम्न आउने गर्छन्।
पर्यटकीय क्षेत्र भएकै ठाउँमा होमस्टे सञ्चालनमा रहेकाले पर्यटकलाई खान, बस्न सहज भएको यहाँका स्थानीय बताउँछन्। रासस