काठमाडौं। नेपाली बजारमा सामसङको ‘ग्यालेक्सी ए१५ ५जी’ स्मार्टफोन सार्वजनिक गरिएको छ। कम्पनीले ‘ए सिरिज’को लक्ष्य सबैका लागि पहुँचयोग्य बनाउने उद्देश्यसहित उक्त स्मार्टफोन सार्वजनिक गरिएको जानकारी दिएको छ।
‘२०२४ ग्यालेक्सी ए सिरिजको लक्ष्य सबैका लागि उत्कृष्ट प्रविधिलाई पहुँच योग्य बनाउने र किफायती मूल्यमा नवीनतम ग्यालेक्सी इनोभेशनहरू प्रदान गर्नु हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उक्त स्मार्टफोनले सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरेको कम्पनीको भनाइ छ। ‘ए१५ ५जी’को आगमन सामसङको नवप्रवर्तनको अथक प्रयासको प्रमाण हो,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘जसले आधुनिक प्रयोगकर्ताका आजका मागहरू मात्र पूरा गर्दैन, भविष्यमा आउने आवश्यकताहरू पनि ध्यानमा राख्छ।’
कम्पनीका अनुसार उक्त डिभाइसमा एफएचडी प्लस रेजोल्युसन भएको ६.५ इन्चको सुपर एमोल्ड इन्फिनिटी–यू डिस्प्ले छ। उक्त स्मर्टफोनमा ६/१२८जीबी, ८/१२८जीबी र ८/२५६जीबी सम्ममा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
साथै फोटोग्राफीका लागि क्यामेरा उत्कृष्ट रहेको कम्पनीले बताएको छ। पछाडिको सेटअपमा ५० एमपी वाइड–एंगल क्यामरा, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा, र २ एमपी म्याक्रो क्यामरा समावेश रहेको कम्पनीले बताएको छ।
६/१२८जीबी हाइ–इन्ड टेक्नोलोजीमा रहेको स्मार्टफोनको मूल्य २७ हजार ९९९ रुपैयाँ, , ८/१२८जीबीमा उपलब्ध स्मार्टफोनको मूल्य २९ हजार ९९९ रुपैयाँ र ८/२५६जीबीमा उपलब्ध स्मार्टफोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।